नेकपा (क्रान्तिकारी माओवादी) समर्थित जिल्ला जनगणतान्त्रीक सम्पर्क मञ्च केन्द्रीय समितिले बृहत बनभोज तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न

नेकपा (क्रान्तिकारी माओवादी) समर्थित जिल्ला जनगणतान्त्रीक सम्पर्क मञ्च केन्द्रीय समितिले बृहत बनभोज तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न

 

नेकपा (क्रान्तिकारी माओवादी) समर्थित जिल्ला जनगणतान्त्रीक सम्पर्क मञ्च केन्द्रीय समितिले राजधानीको शहिद पार्क गोकर्णमा बृहत बनभोज तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । विष्णु खड्काले अध्यक्षता गरेको वनभोज समारोहमा पार्टीका तर्फबाट स्थायी समिती सदस्य क। गौरव प्रमुख अतिथी , एवं अतिथी हरुमा पिबिएम क। दिनेश शर्मा सागर, पिबिएम क।अम्बिका मुडवरी, सिसिएमहरु क।ईश्वर तिमिल्सिना, क।शारदा महत, क।बसन्त बोगटी, क। गोविन्द पौडेल सहित भुगोल र विभिन्न जनवर्गीय सङ्गठनहरु बाट अतिथी कमरेड हरुको उपस्थिति रहेको थियो ।

अन्तरक्रियामा बोल्दै प्रमुख अतिथी क।गौरवले हिजो अर्को को हलो जोत्ने प्रधानमन्त्री केपि ओलि र प्रचण्डहरु आज अरबौको मालिक मात्रै बनेका छैनन अपितु राजनीतिक शक्तिको आडमा राष्ट्रिय ढुकुटी माथी चरम ब्रहमलुट गर्दैछन । सरकार संस्थागत भ्रष्टाचारमा अगाडि बढेको छ । नेपाली जनताको अबको एक मात्रै विकल्प भनेको सबैखाले शोषण, दमन र उत्पीडनको विरुद्धमा लड्नु, राष्ट्रिय स्वाधीनताको पक्षमा जन आन्दोलनको सृष्टि गर्नु र वर्तमान प्रतिक्रियावादी दलाल व्यवस्थाको विरुद्धमा जन गणतन्त्र स्थापनको आधार निर्माण गर्ने संघर्षमा निरन्तर सक्रिय भुमिका निर्वाह गर्न सम्पुर्ण सचेत देशभक्त र क्रान्तिकारी जनसमुदायमा अपिल समेत गर्नु भयो । कार्यक्रममा महिला संघ क्रान्तिकारीका अध्यक्ष क। अम्बिका मुडवरी, अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासङघका महासचिव क।वसन्त बोगटी समेतले विचार सम्प्रेषण गर्नु भएको थियो । दुई चरणमा सम्पन्न भएको कार्यक्रममा विष्णु खड्काले अध्यक्षता गरेको औपचारिक कार्यक्रम समापन भए सगै विविध साङ्गितिक र सास्कृतिक प्रस्तुति समेत प्रस्तुत गरिएको थियो