संसदीय भ्रममा नपरी नयाँजनवादी क्रान्तिको तयारीमा लागौँ

प्रकाशित मिति : २०७६ माघ २८

- भरत बुर्जामगर


माक्र्सवाद सर्वहारावर्गको मुक्तिको सिद्धान्त हो । माक्र्सवादको प्रणेता कार्ल माक्र्स (१८१८–१८८३) र फ्रेडरिक एङ्गेल्स (१८२०–१८९५) हुन् । माक्र्सवाद प्रुधोँको अराजकतावाद, दक्षिणपन्थी सुधारवाद, व्लाङ्की–बाकुनिनको उग्रवादसहित सबैखाले प्रतिक्रियावादी विचारसित सङ्घर्ष गरि विकास भएको सिद्धान्त हो । माक्र्सवाद माक्र्स–एङ्गेल्सद्वारा सर्वप्रथम सन् १८४८मा कम्युनिष्ट घोषणापत्र मार्पmत विश्व सामु प्रस्तुत गरियो । माक्र्सवादको तीन सङ्घटकहरु दर्शन, द्वन्द्वात्मक ऐतिहासिक भौतिकवाद जर्मनीका विलहेल्म फेडरिक हेगेलको (१७७०–१८३१) द्वन्द्वात्मक र फायरवाखको भौतिकवादको समायोजनबाट निर्माण गरिएको , राजनीतिक अर्थशास्त्र वेलायती अर्थशास्त्री आडम स्मिथ, रविन्स, मार्शल र रिकार्डोको अर्थशास्त्रको व्याख्यात्मक अध्ययनबाट संश्लेषित गरी फ्रान्सको समाजवादी अध्ययनबाट वैज्ञानिक समाजवाद विकास गरिएको थियो ।
माक्र्सवाद वर्गीय समस्या हटाउन, वर्गसङ्घर्षबाट समाजलाई अगि बढाउँदै, सर्वहारावर्गको पार्टी कम्युनिष्ट पार्टीको नेतृत्वमा लालसेनाद्वारा पुँजिपतिवर्गको राज्यसत्ता बलप्रयोगद्वारा ध्वंश गरी सर्वहारा अधिनायकत्व निर्माण गरी वैज्ञानिक समाजवाद हुँदै साम्यवादमा पुग्ने लक्ष्य हो । कम्युनिष्ट पार्टी र लालसेना विना सन् १८७१मा पेरिस कम्युनले पुँजिपतिको राज्यसत्ता विरुद्ध धावा बोले फलस्वरुप सत्ता ढल्यो । तर ७२ दिनपछि पार्टी र सेनाको अभावले गर्दा पेरिस कम्युन ढल्यो । पेरिस कम्युनबाट नयाँ पाठ सिक्दै माक्र्स–एङ्गेल्सले सत्तामा वलप्रयोगको भूमिका अनिवार्य भन्ने थप्नु भयो । सन् १८८३मा कार्ल माक्र्सको मृत्युपछि फ्रेडरिक एङ्गेल्सले माक्र्सवादको समृद्धि गर्नु भयो तर एङ्गेल्को सन् १८९५ मा मृत्यु भयो ।
माक्र्स र एङ्गेल्सको मृत्युपछि रुसका भ्लादिमिर इल्यििच उल्यानोभ लेनिनले माक्र्सवाद गहिरोसित अध्ययन गरी माक्र्सवादलाई समृद्धि गरी माक्र्सवाद–लेनिनवादका दोश्रो चरणमा विकास गर्नु भयो । लेनिनले माक्र्सवादलाई रुसी परिवेशमा सृजनात्मक ढङ्गले लागु गर्नु भयो । लेनिनले पुँजिवादी परिवेशमा मजदुरवर्गबाट लडाकु कम्युनिष्ट पार्टी निर्माण गरी लालसेनाको सहयोगमा अल्पकालीन सशस्त्र आम जनविद्रोहद्वारा समाजवादी क्रान्ति गर्नु पर्ने अवधारणा ल्याउनु भयो । फलस्वरुप सन् १९१७ अक्टोबर २५ मा रसियन कम्युनिष्ट पार्टी (वोल्सेविक) लेनिनको नेतृत्वमा पृथ्वीको झण्डै ६ भागको १ भाग रुसमा समाजवादी क्रान्ति सम्पन्न भयो । सन् १९२४मा भि. आइ. लेनिनको मृत्यु भयो त्यसपछि क.य जोसेफ स्टालिनले सोभियत समाजवादलाई अगि बढाउनु भयो अन्तमा सन् १९५४ मा क. स्टालिनको पनि मृत्यु भयो ।
सोभियत रुसको समाजवादी क्रान्ति पछि विश्वभरि माक्र्सवाद–लेनिनवादको प्रचार भयो । चिनमा सन् १९२१मा क. माओको (१८९३–१९७६) संस्थापकत्वमा चिनियाँ कम्युनिष्ट पार्टीको स्थापना भयो । जसरी पुँजिवाद उन्मुख रुसमा माक्र्सवाद प्रयोग गर्दा माक्र्सवाद–लेनिनवादको रुपमा विकास भयो । त्यसैगरी माक्र्सवाद–लेनिनवाद चिनमा प्रयोग गर्दा माक्र्सवाद–लेनिनवाद–माओवादको रुपमा क. माओद्वारा विकसित गरियो । माक्र्सवाद–लेनिनवाद अनुसार पुँजिवादी परिवेशमा समाजवादी क्रान्ति सशस्त्र आमजनविद्रोहद्वारा भन्ने हुन्छ भने अर्धसामन्ती, अर्ध–औपनिवेशिक देसमा समाजवादी व्यवस्थामा जान पुजिको विकास गर्न नयाँ जनवादी क्रान्ति दीर्घाकालीन जनयुद्धद्वारा भन्ने मान्नेता क. माओले चिनियाँ क्रान्तिको व्यवहारबाट विकास गरिएको हो । फलस्वरुप चिनमा सन् १९४९मा माओको नेतृत्वमा नयाँजनवादी क्रान्ति सम्पन्न भयो । यसरी माक्र्स, एङ्गेल्स, लेनिन, स्टालिन र माओद्वारा माक्र्सवाद –लेनिनवाद–माओवादको विकास र प्रयोग गरियो । स्टालिनको मृत्यु पश्चात् सोभियत सङ्घ रुसमा ख्रुश्चोवद्वारा प्रतिक्रान्ति गरियो । यसबाट पाठ सिक्दै क. माओले क्रान्तिपछि प्रतिक्रान्ति र फेरि क्रान्ति हुन्छ त्यसको लागि निरन्तर क्रान्तिको सिद्धान्त प्रतिपादन गर्नु भयो । निरन्तर क्रान्ति भन्नाले वर्गसङ्घर्ष, उत्पादनमा सङ्घर्ष, वैज्ञानिक प्रयोग र सर्वहारा सांस्कृतिक क्रान्ति हुन । सन् १९७६ मा क. माओको मृत्यु पश्चात् चिनमा प्रतिक्रान्ति भयो ।
नेपालमा सन् १९४३ अप्रिल २२ मा पुष्पलाल श्रेष्ठको नेतृत्व र संस्थापकत्वमा भारतको कलकत्तामा नेपाल कम्युनिष्ट पार्टीको स्थापना भएको थियो । वि.स. २०१० सालमा पहिलो महाधिवेशनपछि नेपाल कम्युनिष्ट पार्टी दक्षिणपन्थी बन्न गयो । वि.सं. २०१४ सालमा दोश्रो महाधिवेशन र वि.स. २०१९ सालमा तेश्रो महाधिवेशन सम्पन्न भएता पनि नेपाल कम्युनिष्ट पार्टी क्रान्तिकारी बन्न सकेन । वि.सं. २०२५ सालमा पुष्पलाल श्रेष्ठले छुट्टै नेपाल कम्युनिष्ट पार्टी पुनर्गठन गरी नयाँ जनवादी क्रान्ति सशस्त्र सङ्घर्षद्वारा भन्ने कार्यदिशा ल्याउनु भयो । वि.सं. २०२८ सालमा झापा विद्रोहबाट वि.सं. २०३५ सालमा नेपाल कम्युनिष्ट पार्टी (माले) निर्माण भयो । त्यस्तै एम.वि.सिंह, निर्मल लामा र भक्तबहादुर श्रेष्ठले वि.सं. २०२८ सालबाट केन्द्रिय न्युक्लस हुँदै वि.सं. २०३१ सालमा नेपाल कम्युनिष्ट पार्टीले चौथो महाधिवेशन गरी नेपाल कम्युनिष्ट पार्टी (चौथो महाधिवेशन) निर्माण गरियो । वि.सं. २०४७साल पछि पुष्पलाल गुट माक्र्सवादी र माले गुट मिलेर नेकपा (एमाले) निर्माण गरी संसदीय बाटो गयो ।
नेकपा चौथो महाधिवेशन फुट भयो र वि.सं. २०४७ सालपछि एम.वि.सिंह मसालबाहेक अरु चौम, मशाल र सर्वहारावादी सङ्गठन मिली नेकपा (एकता केन्द्र) वि.सं. २०४८मा एकता महाधिवेशन गरी नेपालमा नयाँजनवादी क्रान्ति दीर्घकालीन जनयुद्धद्वारा भन्ने कार्यदिशासहित पार्टी निर्माण भयो । वि.सं. २०५१ सालमा नेकपा (एकताकेन्द्र) का अल्पमत पक्ष फुटेर एकताकेन्द्र बन्यो तर बहुमत पक्षले नेकपा (माओवादी) नामकरण गरी वि.सं.२०५२ साल फागुन १ गतेबाट महान् जनयुद्ध सुरु गरियो । महान् जनयुद्धले रक्षा, सन्तुलन पार गर्दै प्रत्याक्रमणमा प्रवेश गर्दासम्म ८० प्रतिशत भूभागमा पुरानो सत्ता खाली भइ माओवादी जनसत्ता स्थापित हुन थालेको, ३१ हजार जनमुक्तिसेना निर्माण हुँदा १७ हजारभन्दा बढिले सहादत गरेको अवस्थामा वि.सं. २०६२ चुनवाङ् बैठकबाट नेकपा(माओवादी) का नेतृत्वले दक्षिणपन्थी बाटो समाउनाले वि.सं. २०६३ सालबाट शान्ति र संविधानको नाममा जनयुद्ध अन्त्य गरि लोकतान्त्रिक गणतन्त्रमा रमाउन थाल्यो । नेकपा(माओवादी) भित्र यस्तो विकृति क. किरण र क. गौरव जेल परेपछि भएको थियो ।
क. किरण र क. गौरवको नेतृत्वमा पार्टीभित्र रेड फ्रयाक्सन ग्रुप निर्माण गरि वि.सं. २०६९ मा नेकपा–माओवादी पुनर्गठन गरियो । वि.सं. २०६९ मा काठमाण्डौँको कमलादिमा नयाँजनवादी क्रान्ति जनयुद्धको जगमा जनविद्रोह भन्ने कार्यदिशा पारित गरि सातौँ महाधिवेशन सम्पन्न गरियो । नेकपा–माओवादी क्रान्तिकारी एवम् सशक्त बन्दै गर्दा नेत्रविक्रम चन्द विप्लव समुह वि.सं. २०७१ मा अलगियो । क. किरणको नेतृत्व भएको नेकपा–माओवादी र क. परिथापाको नेतृत्वको नेकपा (एकिकृत) एकिकरण भइ नेकपा (क्रान्तिकारी माओवादी) वि.सं. २०७२ सालमा निर्माण गरियो । वि.सं. २०७४ सालमा नेकपा (क्रान्तिकारी माओवादी) ले नयाँजनवादी क्रान्ति सशस्त्र जनविद्रोहद्वारा भन्ने कार्यदिशा र माक्र्सवाद–लेनिनवाद–माओवाद पथ प्रदर्शक सिद्धान्त पारित गरेको छ । वि.सं. २०७३सालमा बादल समुह अलगिएकोले पार्टीले पहिलो चरण सङ्गठन, सङ्गठन फेरि पनि सङ्गठन भन्ने अभियान अगि बढायो । पार्टीले दोश्रो चरणमा सङ्गठन, सङ्घर्ष,, सङ्गठन भन्ने र अहिले सङ्घर्ष, सङ्गठन, सङ्घर्ष भन्ने अभियानमा छ । अहिले लिम्पियाधुरा, कालापानी, लिपुलेकसहित नेपालको भूभाग भारतको नक्सामा पारेपछि राष्ट्रियताको मुद्दा प्रवल बन्न गएको अवस्थामा राष्ट्रिय स्वाधीनताको लागि, जनतन्त्र, जनजीविकाको लागि र नयाँजनवादी क्रान्तिको तयारीमा नेकपा (क्रान्तिकारी माओवादी) अग्रसर भइरहेको छ ।
नेपालमा प्रतिगामी, सुधारवादी र क्रान्तिकारी पार्टीहरु छन् । राप्रपा र तराइवादी दलहरु प्रतिगामी सोच बोकेका छन् नेका, नेकपा प्रतिगामी उन्म्ुख सुधारवादी र केहि साना दलहरु संसद्वादी सोच बोकेका छन् । नेकपा(एकिकृत), मसाल, विप्लव समुह मध्ये एकिकृत र मसाल नयाँजनवाद र जनविद्रोहको पक्षमा भने पनि स्पष्ट छैन। विप्लवसमुहको कार्यदिशा स्पष्ट छैन। एकिकृत जनक्रान्ति र वैज्ञानिक समाजवाद सत्ता साझेदारी भनेको छ । विप्लवको तर्क के छ ? भने नेपालमा सर्वहारा नभएकोले मिडिल क्लास्को र निम्न पुँजिजीवीको सङ्ख्या बढि भएको यहाँको क्रान्ति सर्वहाराक्रान्ति नभएर एकिकृत जनक्रान्ति मिडिल क्लास्को नेतृत्वमा हुन्छ भनेका छन् । अर्काे कुरा जनवादी क्रान्तिको आवश्यकता नदेखि वैज्ञानिक समाजवादको कार्यदिशा भने पनि त्यो फौजी कार्यदिशा नभएकोले स्पष्ट छैन । जहाँ सर्वहारा छैन त्यहाँ कुनखाले क्रान्ति हुन्छ भन्ने प्रश्नमा लेनिन भन्नुहुन्छ, जहाँ पुँजिवादको विकास भएको छैन त्यहाँ पनि क्रान्ति हुन्छ कहिले, कस्तो र कसरी भन्ने सवालमा त्यहाँको कमरेडहरुले बताउनेछन् । जहाँ पुँजिवादको विकास भएको छैन त्यहाँको क्रान्ति नयाँजनवाद दीर्घकालीन जनयुद्धद्वारा भन्ने कार्यदिशा हुन्छ जुन क. माओले माक्र्सवाद–लेनिनवादमा थप गरी माक्र्सवाद–लेनिनवाद–माओवाद हो । माओले नयाँजनवादी क्रान्ति भनेको सामन्तवाद र साम्राज्यवाद विरोधी क्रान्ति भन्नु भएको छ । यस अर्थमा विप्लवको एकिकृत जनक्रान्तिको तुक छैन । माक्र्सले भन्नु भएको छ , सर्वहारावर्गले ढाँट्दैन पुँजिपतिवर्गको सत्ता बलप्रयोग गरि फाल्नेछ । यहाँ एकिकृत जनक्रान्ति र वैज्ञानिक समाजवादमा फौजी कार्यदिशा छैन । माक्र्स, एङ्गेल्स, लेनिन र स्टालिनले विकास गरेको माक्र्सवाद–लेनिनवाद अनुसार पुँजिवादी देशमा राजनीतिक कार्यदिशा समाजवाद र फौजी कार्यदिशा सशस्त्र जनविद्रोह हुन्छ भने माओको अनुसार अर्धसामन्ती अर्ध–औपनिवेशिक देसमा कार्यदिशा नयाँजनवादी र फौजी कार्यदिशा दीर्घकालीन जनयुद्ध हुन्छ यसबाट स्पष्ट हुन्छ कि विप्लवको कार्यदिशा स्पष्ट छैन । नयाँजनवादी चरण नमान्नु विप्लवको अस्पष्टता नै हो । विगतमा हामीले २०४८ सालको महाधिवेशनले पारित गरेको नयाँजनवादी क्रान्ति जनयुद्धबाट भन्ने कार्यदिशा २०५२ फागुन १ गतेबाट लागु गरेर हिँडेका थियौँ, विप्लवको त्यो अवस्था हैन ।
अन्तमा हाम्रा महान् दार्शनिक माक्र्स, लेनिन र माओले देखाएको बाटो माक्र्सवाद–लेननवाद–माओवाद एकमात्र अजेय हतियार हाम्रो साथमा छ जतिसुकै झुकाए पनि सामन्त, संसदवादी र दक्षिणपन्थीहरु क्रान्ति रोक्न सफल हुनेछैन। विद्यमान वर्गीय समाज ९० र १० प्रतिशतमा विभाजित भएकोले ९० प्रतिशत श्रमजीवीहरुको मुक्ति १० प्रतिशत सामन्त, नोकरशाही दलाल पुँजिपतिवर्ग र पुँजिपतिवर्गको सत्ता ध्वंश गरी नयाँजनवादी, समाजवादी क्रान्ति हुँदै वर्गविहीन साम्यवादी समाजमा नपुगेसम्म वर्गसङ्घर्ष रोकिने छैन । सुधारवाद र संसद्वाद सुधारवादी सिद्धान्त भएकोले क्रान्तिलाई पर सार्नेमात्र हृुन्छ अन्तमा क्रान्ति भएर छाड्छ । त्यसैले संसदीय भ्रममा नपरी नयाँजनवादी क्रान्तिको तयारीमा लागौँ, यसैमा भलाइ छ ।