सिन्धुपाल्चोकका गाउँहरु र स्कूलहरुमा राष्ट्रिय स्वाधिनता र संगठन विस्तास अभियान तिब्रताका साथ अगाडि बढदै

विद्यार्थी युनियनको आयोजनामा ३ नं प्रदेश स्तरीय प्रशिक्षण कार्यक्रम सम्पन्न

प्रकाशित मिति : २०७६ माघ २३

शिलु न्यौपाने 

माघ २० गते
३ नं प्रदेश अन्तरगत सिन्धुपाल्चोकका विभिन्न स्कुलहरुमा राष्ट्रिय स्वाधिनता र संगठन विस्तार अभियानले तिब्रता लिएको छ । नेकपा(क्रान्तिकारी माओवादी) सम्वद्ध अखिल नेपाल क्रान्तिकारी विद्यार्थी युनियनले प्रशिक्षण,प्रचारप्रसार लगायत संगठन विस्तारलाइृ तीब्रता दिएको छ ।
यहि अभियानका दौरानमा सिन्धुपाल्चोक जिल्लाको जनजागृत उच्च माविमा अध्ययनरत कक्षा ११ र १२का विद्यार्थीहरुको २७ सदस्यीय समिति गठन गरिएको छ । जसमा अध्यक्ष सागर खत्री, उपाध्यक्ष सुजा भारती र समिर पराजुली, सचिव रुपा गिरी, सहसचिव अनिषा कार्की, कोषाध्यक्ष सरला श्रेष्ठ र अन्य २१ जना सदस्यहरु रहेका छन् ।
सिन्धुपाल्चोक जिल्लाकै जनजागृत माविमा अध्यनरत कक्षा ९ र १०का विद्यार्थीहरुको ४५ सदस्यीय समिति गठन गरिएको छ । जसमा अध्यक्ष सुदीप श्रेष्ठ, उपाध्यक्ष सन्तोषी नेपाली र सोम तामांग, सचिव सावित्रा गिरी, सहसचिव रोजीना भारती र सुष्मीता बि.क., कोषाध्यक्ष सुजन योन्जन र ३८ जना सदस्यहरु रहेका छन् ।
त्यसैगरी सिन्धुपाल्चोक जिल्लाकै इर्खु मावि सांगाचोक गडी न.पा मा अध्ययनरत विद्यार्थीहरुको ३१सदस्यीय समिति गठन गरिएको छ । जसमा अध्यक्ष तामांग, उपाध्यक्ष सुद्ध लक्ष्मी श्रेष्ड, सचिव दिनेस तामांग, सहसचिव ुरसिला खडका, दावा तामांग, कोषाध्यक्ष बिमला श्रेष्ठर सदस्यहरु २६ जना रहेका छन् । त्यसैगरी कोदारी मावि बाह्विसेमा पनि विद्यार्थीहरु बीच पर्चावितरण र छलफल कार्यक्रम गरिएको थियो ।

यहि माघ २० गते अखिल नेपाल क्रान्तिकारी विद्यार्थी युनियनको आयोजनामा ललितपुरको कुपन्डोलमा ३ नं प्रदेश स्तरीय प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । उक्त प्रशिक्षण कार्यक्रमको अध्यक्षता र सञ्चालन अखिलको केन्द्रीय उपाध्यक्ष शिलु न्यापानेले गरेकी थिइन । प्रशिक्षणमा देजमो नेपालका अध्यक्ष सीपी गजुरेल गौरवले देशको समसामयिक राजनीतिक प।िरस्थिति र विद्यार्थीहरुको दागित्यवारे प्रस्तुति थियो भने ३ नं प्रदेश इन्चार्ज दिने शर्मा सागरले संगठन र विद्यार्थीेको आन्दोलनमा भुमिका वार।े अनि संगठनका केन्द्रीय अध्यक्ष हरिकृष्ण गजुरेलले त्रिवि विद्यार्थी युनियनको नीर्वाचन र त्यसमा क्रान्तिकारी विद्यार्थीहरुले आफुलाई कसरी सशक्त बनाउने र प्रभाकारी हुनेवारे संक्षिप्तमा आफ्नो मन्तव्य राखेका थिए ।