अखिल क्रान्तिकारीको ३ नं. प्रदेशस्तरीय बैठक सम्मपन्न

काठमान्डौ र भक्तपुर जिल्ला भेलाका लागि आयोजक समितिहरु गठन

प्रकाशित मिति : २०७६ माघ २४

शिलु न्यौपाने
माघ २३ गते काठमाण्डौ
अखिल क्रान्तिकारीको ३ नं. प्रदेशस्तरीय बैठक सफलतापूर्वक सम्पन्न भएको छ । अखिल क्रान्तिकारीका केन्द्रीय अध्यक्ष हरिकृष्ण गजुरेलको प्रमुख आतिथ्यतामा तथा नेकपा(क्रान्तिकारी माओवादी)का ३ नं. प्रदेश सेक्रेटरी क. प्रवेशको विशेष उपस्थितिमा बैठक सम्पन्न भएको हो । अखिल क्रान्तिकारी केन्द्रीय उपाध्यक्ष्य तथा ३ न.ं प्रदेश इन्चार्ज शिलु न्यौपानेद्धारा अध्यक्षता गरिएको उक्त बैठकमा अखिल क्रान्तिकारीका केन्द्रीय अध्यक्ष हरिकृष्ण गजुरेल र नेकपा(क्रान्तिकारी माओवादी)का ३ नं. प्रदेश सेक्रेटरी क. प्रवेशले बैठमा मन्तब्य राखेका थिए । आफनो मनतव्यमा हरिकृष्ण गजुरेलले नेपालको शिक्षा क्षेत्र तष्करहरु र माफियाहरुले बव्जामा लिएको वर्तमान परिस्थितिमा अखिल त्र।ान्तिकारीले शिक्षाको लागि आमूल परिवर्तमा जोड दिनु पर्ने र भविश्यमा सम्पन्न हुन गइरहेको विद्यार्थी निर्वाचनमा अखिलले यी तत्वहरुका दलालका रुपमा विद्यार्थी क्षेत्रमा काम गरिहेका विभिन्न प्रतिक्रियावादी राजनीतिक दलहरुको समर्थनमा विद्यार्थीको रुपमा काम गर्नेहरुलाई भण्डाफोर गर्दै सही क्रान्तिकारी विद्यार्थीहरुको नेतृत्व स्थापित गर्न कठिन संघर्षको मार्गबाट आफुलाइृ अगाठि बढाउनुको विकल्प नभएको औल्याउनु भयो । त्यसैगरी नेकपा(क्रान्तिकारी माओवादी)का ३ नं. प्रदेश सेक्रेटरी क. प्रवेशले विद्याथीृ नेतृत्वले अझ सशक्त रुपले संगठन विस्तार र आम विद्याथीृहरु बीचमा आफुलाई प्रभावकारी बनाउदै लैजानु पर्ने आवश्यकता छ भने ।
बैठकले काठमान्डौ जिल्ला भेलाका लागि विद्यार्थी नेता मिन गिरीको संयोजकत्वमा र भक्तपुर जिल्ला भेलाका लागि अर्का विद्यार्थी नेता माधव भट्टको संयोजकत्वमा  गरेको छ ।