काभ्रे । नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी) प्रदेश नं.३ का सल्लाहकार विष्णुदास स्याउला ‘श्याम’को निधन भएको १२ औं दिनमा प्रदेश नं.३ पार्टीले आयोजना गरेको श्रद्धाञ्जली सभा पनौती स्थित स्याउलाको निजी निवासमा शनिबार सम्पन्न भएको छ । क्रान्तिकारी माओवादीका केन्द्रीय सदस्य विकासको अध्यक्षतामा सम्पन्न उक्त श्रद्धाञ्जलीसभालाई प्रमुख अतिथिको रुपमा पार्टी प्रदेश इन्चार्ज दिनेश शर्मा सागरले सम्बोधन गर्नुभएको थियो ।
प्रदेश सल्लाहकार स्याउलाको असामयिक निधनबाट पार्टीलाई अपुरणीय क्षति पुगेको र उहाँको पार्टी जीवनको निष्ठा, सक्रियताबाट कम्युनिष्ट क्रान्तिकारीहरुले महत्वपूर्ण पाठ सिक्नुपर्ने भन्दै प्रदेश ईन्चार्ज सागरले दिवंगत विष्णुदास स्याउला ’श्याम’ प्रति श्रद्धाञ्जली र शोकाकूल परिवारजनप्रति हार्दिक समवेदना व्यक्त गर्नुभएको थियो ।


श्रद्धाञ्जली सभामा दिवंगत स्याउलाका भाइ, बुहारी, बैनी, छोरा, बुहारी तथा आफन्तजन साथै क्रान्तिकारी माओवादीका पोलिटब्युरो सदस्य सिताराम तामाङ, पवनमान श्रेष्ठ, केन्द्रीय सदस्य हिमकर्ण, गगन, गोर्की श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो ।

हार्दिक शुभकामना !

पार्टीका जिल्ला सचिव बसन्तले सञ्चालन गरेको श्रद्धाञ्जली सभामा क्रान्तिकारी माओवादीका नेता कार्यकर्ताहरुको बाक्लो उपस्थिति रहेको थियो ।
शम्भुराम समुहबाट ०३६ सालमा पार्टी सदस्यता लिएका स्याउलाले ०४७ सालमा मालेमा केन्द्र र ०५८ सालमा मालेमा केन्द्रको पोलिटब्युरो सदस्य हँुदै हाल नेकपा क्रान्तिकारी माओवादी, प्रदेश नं.३ को सल्लाहकारको भूमिका निर्वाह गर्दै आउनु भएको थियो । सामाजिक र संस्कृतिक क्षेत्रमा महत्वपूर्ण योगदान गर्नुभएका दिवंगत स्यउला पुराना र इमान्दार क्रान्तिकारी कम्युनिष्ट नेताको रुपमा स्थापित हुनुहुन्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर