काठमाडौं । राष्ट्रिय स्वाधीनताको रक्षा र संगठन विस्तार अभियानको पाँचौ दिन आइतबार पश्चिमको केन्द्रीय अभियान टोलीले कैलालीको अत्तरियामा कोणसभा सम्पन्न गरेको छ । कोणसभालाई पार्टी स्थायी समितिका सदस्य रामसिंह श्रीस, प्रदेश इन्चार्ज अनुकूल, देजमोका प्रदेश अध्यक्ष विष्णुराम दमाई, पार्टी केस डायमन्ड, क्रान्तिकारी युवा लिगका महासचिव दिलबहादुर कठायत, अखिल (क्रान्तिकारी)का महासचिव पेशल दाहाल, अनेकिमहासंघ (क्रान्तिकारी)का टंक कोइराला लगायतका नेताहरुले सम्बोधन गरे । कोणसभाको सञ्चालन कैलाली सेक्रेटरी रुद्रप्रसाद कँडेलले गरेका थिए ।


उक्त अभियान टोलीले कैलालीको घोडाघोडी नपा १ सुखड बजारमा पनि आइतबारै कोणसभा सम्पन्न गरेको छ । रुद्र कँडेलले सञ्चालन गरेको कोणसभालाई पार्टी केस लालकिरणले सम्बोधन गरे । कार्यक्रममा सामना साँस्कृतिक परिवारका कलाकारले क्रान्तिकारी गीत प्रस्तुत गरेका थिए ।

हार्दिक शुभकामना !


आइतबारै झापाको दमक नगरपालिकामा पूर्वको केन्द्रीय अभियान टोलीले कोणसभा सम्पन्न गरेको छ । कोणसभालाई पार्टी प्रवक्ता तथा पूर्वी व्यूरो इन्चार्ज हरिभक्त कँडेल, अनेमसंघ (क्रान्तिकारी)की अध्यक्ष अम्बिका मुडभरी र प्रदेश सचिव रत्न गुरागाई लगायतका नेताहरुले सम्बोधन गर्नुभएको थियो । कोणसभाको सञ्चालन पार्टी प्रदेश सदस्य गजेन्द्र निराैैलाले गरेेेका थिए ।


काठमाडौंमा अभियान टोलीले आइतबार गोङ्गबु नयाँ बसपार्कमा कोणसभा सम्पन्न गरेको छ । कोणसभालाई क्रान्तिकारी माओवादीकी केस तथा काठमाडौं इन्चार्ज सरु, अखिल नेपाल क्रान्तिकारी ट्रेड यूनियन महासंघका सचिवालय सदस्य ढोगप्रसाद अधिकारीले सम्बोधन गरेका थिए । कोणसभाको सञ्चालन राम नेपालीले गरेका थिए ।

देशका विभिन्न स्थानमा जाने सार्वजनिक यातायात (बस)मा नेपालको वास्तविक नक्सा प्रयोग गरौं भन्ने आव्हानका साथ नक्साको स्टिकार टाँसिएको छ । करिब सयवटा भन्दा बढी यात्रुवाहक सवारी साधनमा यस्ता स्टीकर टाँसिएको बताइएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर