अभियान अपडेट : देशैभर सीमा अतिक्रमण र एमसीसीकाे विराेधमा काेणसभा सम्पन्न

अभियान अपडेट : देशैभर सीमा अतिक्रमण र एमसीसीकाे विराेधमा काेणसभा सम्पन्न


काठमाडौं । राष्ट्रिय स्वाधीनताकाे रक्षा र संगठन विस्तार अभियानकाे चाैथाे दिन शनिबार देशैभर क्रान्तिकारी माओेवादीले काेणसभा सम्पन्न गरेकाे छ ।

हाम्रा सहकर्मी मधुकर थापाले पठाएकाे समाचार अनुसार  झापाको बारहदशी गापाको -५,फुलबारी बजारमा कोणसभा सम्पन्न गरिएकाे छ पार्टीका के.स.डिल्ली बोहोराले सञ्चालन गरेकाे काेणसभालाई झापाका जिल्ला सेक्रेटरी हरि गाैतम र अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघका झापा संयोजक टंक भट्टराईले सम्बाेधन गरेका थिए ।

शनिबारै झापाको हल्दिबारी १,गोलधाप बजारमा अर्को कोणसभा सम्पन्न गरेको समाचार प्राप्त भएको छ । उक्त कार्यक्रमको संचालन जिल्ला पार्टी झापाका सेक्रेटरी हरि गौतमले गरेका थिए भने काेणसभालाईअनेमसंघ क्रान्तिकारीकी अध्यक्ष अम्बिका मुडभरी , पार्टी के.स. डिल्ली बोहोरा र क्रन्तिकारी युवा लिगका अध्यक्ष अमिर महर्जनलगायतले सम्बाेधन गरेका थिए ।


त्यसैगरी पश्चिम कञ्चनपुरबाट प्राप्त जानकारी अनुसार कञ्चनपुर र कैलालीमा गरि शनिबार तीनवटा काेणासभा सम्पन्न गरिएका छन् । कञ्चनपुरकाे अाइविअारडीमा भएकाे काेणसभालाई पार्टीका स्थायी कमिटी  सदस्य रामसिह श्रीस र प्रदेश इन्चार्ज अनुकुलले सम्बाेभन गरेका थिए । काेणसभाकाे सञ्चालन केस लालकिरणले गरेका थिए ।

शनिवारै अभियान टाेलीले कैलालीकाे धनगढी बजारमा पनि काेणसभा सम्पन्न गर्याे । कैलाली जिल्ला सचिव रुद्र कँडेलले सञ्चालन गरेकाे काेणसभालाई पीवीएम कमल चाैधरी र केस हरि सुवेदीले सम्बाेधन गरेका थिए ।

धनगढी बजारकै क्याम्पस चाेकमा पनि अभियान टाेली अर्काे काेणसभा पनि गर्याे । यहाँकाे काेणसभालाई केस डाइमण्ड र केस लालकिरणले सम्बाेधन गरेका थिए । कार्यक्रमकाे सञ्चालन प्रदेश सदस्य विन्तिराम चाैधरीले गरेका थिए ।

त्यसैगरी चार नम्बर प्रदेशकाे पाेखरामा संगम साँस्कृतिक मञ्चले एमसीसीकाे विराेधमा आयाेजन गरेकाे विज्ञसहितकाे कार्यक्रमलाई क्रान्तिकारी माओवादीका पीवीएम केशबहादुर परियार लगायतका नेताहरुले सम्बाेधन गरेका थिए ।


चितवनमा भरतपुर महानगरपालिकाकाे वडा नं २८ मेघाैलीमा विराेधसभा सम्पन्न गरिएकाे छ । रामपुर, चुनाैली, पर्साढाप,मेघाैलीलगायतका ठाउँमा क्रान्तिकारी माओवादी र देजमाेका नेताकार्यकर्ताहरुले विराेसभाका साथै पर्चा वितरण लगायतका कार्य सम्पन्न गरिएका छन् ।