
काठमाडौं । नेकपा (क्रान्तिकारी माओवादी) ३ नं. प्रदेशका सदस्य तथा काठमाडौं जिल्लाका सेक्रेटरी खगेन्द्र छन्त्यालकी ममतामयी आमाको निधन भएको दुःखद् क्षणमा आमा पञ्चमाया छन्त्यालप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै पार्टी काठमाडौं सेक्रेटरी खगेन्द्र छन्त्याललगायत शोकसन्तप्त परिवारजनप्रति हार्दिक समवेदना व्यक्त गरेको छ । पार्टीका प्रदेश सेक्रेटरी प्रवेशले एक वक्तव्य जारी गरी समवेदना व्यक्त गरेका हुन् ।
१९८२ असोज ६ गते जन्मनुभएकी पञ्चमाया छन्त्यालको ९४ वर्षको उमेरमा धापासी स्थित ग्रिनसिटी अस्पतालमा उपचारको क्रममा बिहीबार राती निधन भएको थियो । उहाँको अन्तिम श्रद्धाञ्जलीसहित पशुपति आर्यघाटमा बिहीबार अन्त्येष्टी गरियो ।






























