कञ्चनपुर । भारतीय विस्तारवादले गरेको सीमा अतिक्रमण र अमेरिकी साम्राज्यवादी परियोजना एमसीसीको विरोधमा देशव्यापी रुपमा अभियानमा निस्केको नेकपा (क्रान्तिकारी माओवादी)ले बिहीबार कञ्चनपुरमा तीनवटो कोणसभा सम्पन्न गरेको छ । अभियान टोलीले कञ्चनपुरको बेलौरी, बेलडाँडी र भिमदत्त चोकमा कोणसभा सम्पन्न गरेको हो ।

प्राप्त जानकारी अनुसार बेलडाँडी गाउँपालिकाको बेलडाँडी चवन्नी बजारमा भएको कोणसभालाई पार्टीका पीवीएम भुपेन्द्र न्यौपाने, देजमो, नेपालका सुदूरपश्चिम प्रदेश अध्यक्ष विष्णुराम दमाईले सम्बोधन गरेका थिए । कोणसभाको सञ्चालन अखिल नेपाल क्रान्तिकारी ट्रेड यूनियन महासंघका सचिवालय सदस्य राजु भुजेलले गरेका थिए ।

हार्दिक शुभकामना !

बिहीबारै जिल्लाको बेलौरी नगरपालिकाको कलछत्तामा कोणसभालाई पार्टी पीवीएम तथा प्रदेश इन्चार्ज अनुकूल र क्रान्तिकारी युवा लिग, नेपालका महासचिव दिलबहादुर कठायतले सम्बोधन गरेका थिए । यहाँको कोणसभाको सञ्चालन अखिल (क्रान्तिकारी)का महासविच पेशल दाहालले गरेका थिए ।


बिहीबारै बेलौरी बजारको भिदत्त शालिक चोकमा सोही अभियान टोलीले अर्को कोणसभा सम्पन्न गरेको छ । यहाँको कोणसभालाई पार्टी पीवीएम कमल चौधरी, केस हरि सुवेदीले सम्बोधन गरेका थिए । यहाँको कोणसभाको सञ्चालन लालकिरणले गरेका थिए । कोणसभाको बीच बीचमा सामना साँस्कृतिक परिवारका कलाकार अम्मर राहिदले जनवादी गीतहरु प्रस्तुत गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर