झापाकाे झापा गाउँपालिकामा काेणसभा सम्पन्न, क्रान्तिकारी युवाहरुले गाउँपालिकाकाे नक्कली नक्सा हटाए

झापाकाे झापा गाउँपालिकामा काेणसभा सम्पन्न, क्रान्तिकारी युवाहरुले गाउँपालिकाकाे नक्कली नक्सा हटाए


काठमाडौं । राष्ट्रिय स्वाधीनताकाे रक्षाकाे लागि अगाडि बढाै, संगठन विस्तार गराै भन्ने मूल नाराका साथ अभियान सुरु गरेकाे क्रान्तिकारी माओवादीले झापाकाे झापा गाउँपालिकामा शुक्रबार काेणसभा सम्पन्न गरेकाे छ ।

अभियानको तेस्रो दिन झापाको कमल गाउँपालिकामा कोणसभा  सम्पन्न गरेको हाे। हरि  गौतमले सञ्चालन गरेकाे काेणसभालाई अनेमसंघ (क्रान्तिकारी)कि अध्यक्ष अम्बिका मुडभरी, अखिल नेपाल क्रान्तिकारी ट्रेड महासंघका अध्यक्ष इश्वर तिमल्सिना, देजमोका जिल्ल संयोजक पुन्य सिवाकोटीलगायतले सम्बाेधन गरेका थिए ।
सम्बाेधन गर्दै महिला नेतृ अम्बिका मुड्भरीले अहिले देशभर १५ हज्जरको संख्यामा महिला जनप्रतिनिधि भएपनी उनीहरु भुमिकाविहीन रहेकाे, अहिले पनि नेपाली समाज र राजनीतिमा पितृसत्ता हावी रहेकाे भन्दै संसदीय व्यवस्था रहेसम्म नेपालअं महिलाहरुकाे मुक्ति सम्भव नरहेकाे बताएकी थिइन् ।


कार्यक्रममा सामना साँस्कृतिक परिवारले गीत नृत्य समेत प्रस्तुत गरेका थिए ।

यसैबीच, शुक्रबारै क्रान्तिकारी युवा लिगका केन्द्रिय अध्यक्ष अमिर महर्जनको नेतृत्वमा स्थानिय क्रान्तिकारी युवाहरुले कमल गाउँ पालिकामा नेपालको नक्कली नक्सा हटाउन लगाई र वास्तविक नक्सा कार्यलयमा राख्न अनुरोध गर्दै नक्सा हस्तान्तरण समेत गरेका थिए ।