दाङ १७ माघ  ।  नेकपा (क्रान्तिकारी माओवादी) का स्थायी समिति सदस्य तथा देशभक्त जनगणतान्त्रिक मोर्चाका महासचिव परी थापाले देश गम्भिर संकटमा रहेको बताएका छन् ।

उनले अमेरिकी मिलेनियम च्यालेन्स कर्पाेरेसन (एमसीसी) र भारतीय सिमा अतिक्रमण देश गम्भिर संकटमा परेको उनले बताए । इन्डो – प्यासिफिक रणनीति अन्तरगत आएको एमसीसी र भारतीय सिमा अतिक्रमणले देश गम्भिर संकटमा छ – देशभक्त जनगणतान्त्रिक मोर्चा दाङले घोराहीमा आयोजना गरेको कार्यक्रममा थापाले भने – राष्ट्रियता सार्वभौमसत्ता खतरामा छ । कार्यक्रममा महासचिव थापाले भारतले १० हजार १९ वर्गकिलोमिटर भुभाग भारतले मिचेको बताए ।

हार्दिक शुभकामना !

कार्यक्रममा क्रान्तिकारी माओवादी केन्द्रीय सदस्य तथा दाङ ईञ्चार्ज निरज केसीले देशभक्तहरुबीच एकताको आवश्यक रहेको बताए । उनले दलाल सत्ताधारीहरुका कारण समस्या आएको औल्याए । कार्यक्रममा सामुदायिक वन उपभोक्ता महासंघ दाङका अध्यक्ष भुपेन्द्र सुवेदी साहित्यकार तथा बाम बुद्धिजिवी शशिधर भण्डारी नागरिक समाजका अध्यक्ष चन्द्रराज पन्त प्रेस स्वतन्त्रता सेनानी सुशिल गौतम राजमो अध्यक्ष गणेश आचार्यलगायतले विचार ब्यक्त गरेका थिए ।
कार्यक्रम देजमो दाङका अध्यक्ष नरेन्द्र बन्जाडेको अध्यक्षता कोषाध्यक्ष तिलक विकको संचालन सचिव ईश्वरी प्रसाद गैरे स्वागतमा भएको थियो ।

 

प्रतिक्रिया

सम्बन्धित खवर