देजमो केन्द्रीय सदस्य खगेन्द्र छन्त्याललाई मातृशोक, देजमोद्वारा समवेदना व्यक्त

देजमो केन्द्रीय सदस्य खगेन्द्र छन्त्याललाई मातृशोक, देजमोद्वारा समवेदना व्यक्त

काठमाडौं । देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपालका केन्द्रीय सदस्य खगेन्द्र छन्त्याललाई मातृशोक परेको छ । छन्त्यालकी ममतामयी आमा पञ्चकुमारी छन्त्यालको ९४ वर्षको उमेरमा बिहीबार राती ग्रिनसिटी अस्पतालमा उपचारको क्रममा निधन हुन पुगेको छ ।

छन्त्यालकी आमा पञ्चकुमारीको निधनको खबरले स्तब्ध भएको उल्लेख गर्दै देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपालका अध्यक्ष सीपी गजुरेलले एक वक्तव्य जारी गरी दिवंगत पञ्चकुमारीप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना व्यक्त गर्नुभएको छ । दिवंगत पञ्चकुमारीका २ छोरा, ३ छोरी, ३ बुहारी रहेका छन् ।


दिवंगत पञ्चकुमारीको आजै पशुपति आर्यघाटमा अन्तिम श्रद्धाञ्जलीसहित अन्त्यष्टी गरिएको छ । अन्तिम श्रद्धाञ्जलीका लागि नेकपा (क्रान्तिकारी माओवादी)का स्थायी समिति सदस्य तथा देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपालका केन्द्रीय अध्यक्ष सीपी गजुरेल, पार्टी पीवीएमहरु दिनेश शर्मा, पवनमान श्रेष्ठ, सुरेश श्रेष्ठ लगायत पार्टी, देजमो सम्बद्ध नेता कार्यकर्ताहरु पशुपति आर्यघाट पुगेका थिए ।