कञ्चनपुर । ओली सरकारले गरेको राष्ट्रघात र जनघातका विरुद्ध देशव्यापी अभियानमा निस्किएको नेकपा (क्रान्तिकारी माओवादी)को केन्द्रीय अभियान टोलीले महाकालीमा गरिएको राष्ट्रघात र विवादित क्षेत्रको स्थलतगत निरीक्षण गरेको छ । पार्टीका स्थायी समिति सदस्य रामसिंह श्रीसको नेतृत्वमा गएको टोलीले सीमा स्तम्भ नम्बर ८०६,८०७ र ८१० देखि वर्मदेवसम्मको विवादित सीमा क्षेत्रको स्थलगत निरीक्षण गरेको हो ।

भारतीय सीमा सुरक्षा बलले सीमा स्तम्भको नेपाल पट्टीको आफ्नै भूभागमा समेत नेपालीहरुलाई घर टहरा समेत बनाएर बस्न नदिएको सीमा क्षेत्रका बासिन्दाले गुनासो गरेको भन्दै क्रान्तिकारी माओवादीका नेताहरुले भारतीय हस्तक्षेप र सीमा अतिक्रमणको चर्को विरोध गरेका छन् । सीमा क्षेत्र वर्मदेवको भिमदत्त चोकमा आयोजित कोणसभालाई सम्बोधन गर्दै नेताहरुले भारतीय विस्तारवादको विरोध गरेका हुन् ।

हार्दिक शुभकामना !

पार्टी केन्द्रीय सदस्य हरि सुवेदीले सञ्चालन गरेको कोणसभालाई पार्टी पीवीएम भुपेन्द्र न्यौपाने र देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपालका प्रदेश अध्यक्ष विष्णुराम दमाईले सम्बोधन गरेका थिए ।


त्यसपछि उक्त अभियान टोलीले महेन्द्रनगरको मदनचोकमा अर्का कोणसभा ग¥यो । विष्णुराम दमाईले सञ्चालन गरेको यो कोणसभालाई पार्टीका प्रदेश इन्चार्ज तथा पीवीएम अनकूल र प्रदेश सचिव रामबहादुर महराले सम्बोधन गरे ।


अभियान टोलीले बिहीबारै महेन्द्रनगरकै दैजी चोकमा अर्को कोणसभा ग¥यो । यहाँको कोणसभालाई पार्टी पीवीएम संकुल र केन्द्रीय सदस्य हरि सुवेदीले सम्बोधन गरेका थिए । कोणसभाको सञ्चालन अनेरास्ववियुका केन्द्रीय महासचिव पेशल दाहालले गरेका थिए । अभियान टोलीलाई स्थानीयले खादा ओडाएर स्वागत समेत गरेका थिए ।


उक्त अभियान टोलीले आज अर्थात शुक्रबार कञ्चनपुरको बेलौरी, बेलडाँडी र आइविआरमा कोणसभा गर्ने तयारी गरेको अभियान टोलीका नेता श्रीसले जानकारी दिए ।
कञ्चनपुरको महेन्द्रनगरमा बुधबार अभियानको उद्घाटन गरेको अभियान टोलीले चैत्र २४ सम्म ७, ६ र ५ नं. प्रदेशका जिल्ला र सीमा क्षेत्रमा राष्ट्रिय स्वाधीनताको रक्षा र संगठन विस्तार अभियान सञ्चालन गर्ने जनाइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर