एमसीसी अनुमोदन गरेर नेपाललाई अमेरिकाको नवउपनिवेश बनाउन खोजिदैछ : राउत

एमसीसी अनुमोदन गरेर नेपाललाई अमेरिकाको नवउपनिवेश बनाउन खोजिदैछ : राउत

झापा । नेकपा (क्रान्तिकारी माओवादी) का पीवीएम तथा १ न. प्रदेशका इन्चार्ज मिनकुमार राउतले ओली नेतृत्वको सरकारले एमसीसी अनुमोदन गरेर नेपाललाई अमेरिकाको नवउपनिवेश बनाउन खोजेको दावी गरेका छन् । चार महिने राष्ट्रिय स्वाधीनताको रक्षा र संगठन विस्तार अभियानको उद्यघाटनको दोस्रो दिन आयोजित झापाको अर्जुनधारा नगरपालिकाको शनिश्चरे बजारको कोणसभालाई सम्वोधन गर्दै यस्तो दावी गरेका हुन् ।


इन्चार्ज राउतले भारतीय विस्तारवादी अतिक्रमण र अमेरिकी साम्राज्यवादी हस्तक्षेपका विरुद्ध सम्पूर्ण देशभक्त तथा क्रान्तिकारी शक्तिहरु सशक्त रुपमा उत्रिनुको विकल्प नरहेको कुरामाथि जोड दिए ।
झापा जिल्ला पार्टी सेक्रेटरी हरी गौतमको संचालन गरेको कोणसभालाई क्रान्तिकारी यवा लिगका केन्द्रिय.सचिव रबिन लिम्बू, क्रान्तिकारी पत्रकार महासंघका केन्द्रिय सदस्य तथा १न.प्रदेशका संयोजक मधुकर थापा लगायतका नेताहरुले संवोधन गरेका थिए ।