दाङ । नेकपा क्रान्तिकारी माओेवादी र देशभक्त जनगणतान्त्रिक मोर्चा नेपाल दाङले दाङको तुलसीपुरमा बुधबार प्रदर्शन गरेको छ ।

हार्दिक शुभकामना !

दाङको तुलसीपुर उपमहानगरपालिका १८ को विजौली बजारमा राष्ट्रिय स्वाधिनताको पक्षमा देशभक्त जनगणतान्त्रिक मोर्चा नेपालले प्रर्दशन गरेको हो ।

मोर्चाले बुधबारदेखि देशभर चार महिने जागरण अभियान शुरु गरेको छ । नेपालमा भारतीय पक्षले गरेको सीमा अतिक्रमण र एमसीसीको विरोधमा र्याली सहित सभा गरिएको हो ।

मोर्चाका जिल्ला अध्यक्ष नरेन्द्र बन्जाडेले स्वागत मन्तव्य राख्दै उनले देश अहिले गम्भीर मोडमा पुगेको कालापानी लिपुलेक, लिम्पीयाधुरा, सुस्ता, महेशपुर लगायतका क्षेत्रमा भारतीय पक्षबाट नेपाली भूमि अतिक्रमण हुँदा पनि सरकार मौन बसेको  बताए। उनले त्यसमाथि नेपाल सरकारले भारतले नै बनाएर पठाएको नक्सा प्रयोग गरेर राष्ट्रघात गरेको आरोप लगाए ।

नेकपा क्रान्तिकारी माओवादीका केन्द्रिय सदस्य तथा दाङ जिल्ला इन्चार्ज समिरले जब जब देशमा कम्युनिष्ट नामधारी पार्टी कुर्सीमा पुग्दछ यिनैबाट राष्ट्रमाथि घात हुने गरेको बताए ।

उनले नेपाललाई रणभूमि बनाउने योजनामा आएको एमसीसी पारित गर्न नहुनेमा जोड दिए ।

उनले नेपालको राष्ट्रियता जोगाउन पार्टीले थालेको चार महिने अभियानमा सहभागी हुन सबैलाई आग्रह समेत गरे ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार