नवलपरासी । नेकपा ( क्रान्तिकारी माओवादी )का पोलिटब्युरो सदस्य प्रेम सुवेदीले जनसंर्घषबाट अमेरिकी मिलेनियम च्यालेन्ज कर्पाेरेसन ( एमसीसी) लाई निस्तेज पार्नुपर्ने बताउनुभएको छ । बुधवार क्रान्तिकारी माओवादी जिल्ला संगठन समिति र देशभक्त जनगणतान्त्रिक मोर्चा पश्चिम नवलपरासीले बर्दघाट – २ चिसापानीमा आयोजना गरेको राष्ट्रिय स्वाधीनताको रक्षा र संगठन विस्तार अभियान उद्घाटनमा बोल्दै उहाँले एमसीसी संगै भारतीय अतिक्रमणका बिरुद्ध जनता उठनुपर्ने बताउनुभयो ।

कार्यक्रममा उहाँले त्यसैका लागि क्रान्तिकारी माओवादीले विचार मिल्ने ९ दलबीच कार्यगत एकता गर्दै आन्दोलनमा उत्रिएको बताउनुभयो । उहाँले संसदीय पार्टीभित्र रहेको लम्पसरवादी प्रबृतिले राष्ट्रिय स्वाधीनता खतरामा परेको दावी गर्नुभयो ।

हार्दिक शुभकामना !

कार्यक्रममा क्रािन्तकारी माओवादी बर्दघाट नगर सेक्रेटरी रामचन्द्र पोखरेल, देजमोका नेता प्रेम रिमाल लगायतले बोल्दै राष्ट्रिय स्वाधीनताको लागि आन्दोलनको बिकल्प नभएको बताउनुभएको थियो । कार्यक्रम रवि पाण्डेको संचालनमा भएको थियो ।

त्यस्तै प्रदेश नम्बर पाँचमा बिभिन्न जिल्लाहरुमा अभियान उद्घाटन गरिएको छ । रुपन्देहीको सैनामैना स्थित मुर्गिया, दाङको बिजौरी, प्युठानको बागदुला ,गुल्मीको लुम्पेक, बाँकेको बैजनाथ,बर्दियाको राजापुरलगायतका स्थानमा कार्यक्रम भएको क्रािन्तकारी माओवादी प्रदेश ५ ले जनाएको छ ।

कार्यक्रममा क्रमशः पार्टी केन्द्रीय सदस्य पिताम्बर आचार्य , निरज केसी, टिकाराम पौडेल,टिका राना , तेजबिक्रम शाही , र बर्दियामा बिपिन रोका लगायतले सम्बोधन गरेको जनाइएको छ । त्यस्तै कपिलबस्तु , रोल्पा र अर्घाखाँचीमा कार्यक्रम भएको बताइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर