
कञ्चनपुर ,माघ १६ । नेकपा (क्रान्तिकारी माओवादी)ले शुरू गरेको चार महिने राष्ट्रिय स्वाधीनता र संगठन निर्माणको अभियान संगै क्रान्तिकारी माओवादीमा प्रवेश गर्नेको लहर चलेको छ । कञ्चनपुरको महेन्द्रनगरमा गरेको राष्ट्रिय स्वाधीनताको अभियान उद्धाटन कार्यक्रममा केहि विभिन्न संगठनमा आबद्ध रहेकाहरु क्रान्तिकारी माओेवादीमा प्रवेश गरेका छन् ।
क्रान्तिकारी माओवादी कञ्चनपुर जिल्ला सेक्रेटरी सितलले दिएकाे जानकारी अनुसार अभियान उद्घाटन समारोहमा भुपु सैनिक तथा द्वन्द्व पिडित शुरेस भट्ट , युवा संगठनका रमेश बगाल पार्टी प्रवेश गरेको र अभियानकाेे सिलसिलामा केहि व्यक्तिहरुसंग छलफल भइरहेको छ । उनीहरुलाई पनि पार्टी प्रवेश गराउने तयारी रहेको शितलले बताए ।

पार्टी प्रवेश गरेकाहरुलाई कार्यक्रमका प्रमुख अतिथि क्रान्तिकारी माओवादी पश्चिम व्युराे इन्चार्ज रामसिह श्रीसले अविर लगाएर स्वागत गरेका छन् ।
पार्टी प्रवेश गर्दै सुरेश भट्टले नेपालमा राजनैतिक क्रान्ति आन्दोदन धेरै भए पनि देशमा परिवर्तन नभएकाले अवको क्रान्ति मार्फत सबैको मुक्ति (नेकपा क्रान्तिकारी माओवादी) बाट सम्भव भएकोले पार्टी प्रवेश गरेको बताए ।






























