‘चीनलाई घेरा हाल्न एमसीसीसहित आएकाे हाे अमेरिका, एमसीसी पास भए रणभूमि बन्छ नेपाल’

‘चीनलाई घेरा हाल्न एमसीसीसहित आएकाे हाे अमेरिका, एमसीसी पास भए रणभूमि बन्छ नेपाल’


काँकडभिट्टा । चारमहिने पार्टीको राष्ट्रिय स्वाधीनताकाे अभियान उद्घाटन गर्दै नेकपा क्रान्तिकारी माओवादीका प्रवक्ता हरिभक्त कँडेलले चीनलाई घेरा हाल्न एमसीसीसहित अमेरिका नेपाल आएकाे चर्चा गर्दै एमसीसी संसदबाट पास भए नेपाल रणभूमिमा परिणत हुने बताएका छन् । कार्यक्रमका प्रमुख वक्ताकाे रुपमा बाेल्दै प्रवक्ता कँडेलले राष्ट्रिय स्वाधीनताकाे रक्षाकाे लागि नै आफुहरुले देशव्यापी अभियान सञ्चालन गरेकाे बताए ।
१ र २ नं. प्रदेशमा सञ्चालित हुने अभियानको झापाको काँकडभिट्टामा भएकाे उद्घाटन कार्यक्रममा पार्टी पीवीएम रमेश, मिनकुमार, अनेमसंघ (क्रान्तिकारी)की अध्यक्ष अम्बिका मुडभरी, क्रान्तिकारी युवा लिगका अध्यक्ष अमीर महर्जन, मधेसी राष्ट्रिय मुक्ति मोर्चाका अध्यक्ष विरेन्द्र यादव, दलित राष्ट्रिय मुक्ति मोर्चाका अध्यक्ष अमर परियार नेताहरुले अभियान सफलताकाे शुभकामना व्यक्त गरेका थिए ।

प्रदेश पार्टी सचिव रत्न गुरागाईकाे अध्यक्षता र केस माेहन तामाङकाे सञ्चालनमा सम्पन्न भएकाे कार्यक्रममा झापाका इन्चार्ज समेत रहेका पार्टी केस विमलले स्वागत गरेका थिए ।  कार्यक्रममा केसहरु मनोज श्रेष्ठ, मोहन लिम्बू, डिल्लिराम बोहरा, मोहन तामाङ लगायतका नेताहरुको उपस्थिति रहेकाे थियाे ।