काठमाडौं । भारतीय विस्तारवादकाे सीमा अतिक्रमण र अमेरिकी साम्राज्यवादी परियाेजना एमसीसीकाे विरुद्ध चार महिने राष्ट्रिय स्वाधीनता अभियानकाे उद्घाटन गर्दै नेकपा (क्रान्तिकारी माओवादी)का स्थायी समिति सदस्य तथा देशभक्त जनगणतान्त्रिक माेर्चा, नेपालका अध्यक्ष सीपी गजुरेलले राष्ट्रिय स्वाधीनताकाे विषय अहिले सबैभन्दा महत्वपुर्ण बन्न गएकाे बताएका छन् ।


बुधबार रत्नपार्क शान्तिवाटिकामा आयाेजित अभियान उद्घाटन समाराेहलाई सम्बाेधन गर्दै अध्यक्ष गजुरेलले यस्ताे बताएका हुन् । नेता गजुरेलले राष्ट्रघात र जनघातमा ओली र देउवाकाे घाँटी जाेडिएकाे बताउँदै उनीहरुले विस्तारवाद र साम्राज्यवादसँग अात्मसमर्पण गरेकाे दावी गरे ।

हार्दिक शुभकामना !


कार्यक्रमलाई सम्बाेधन गर्दै अखिल नेपाल आदिवासी जनजाति महासंघका अध्यक्ष डा.ओेम गुरुङले देश नरहे हामी रहन्नाै भन्दै देश बचाउने अभियानमा सबै एकजुट हुनुपर्ने बताए ।


अनेकिमहासंघ (क्रान्तिकारी)का अध्यक्ष सीताराम तामाङले नेपालमाथि भएकाे भारतीय हस्तक्षेपकाे चर्चा गरेका थिए ।

कार्यक्रममा अनेमसंघ (क्रान्तिकारी)कि महासचिव शारदा महत, अखिल (क्रान्तिकारी)का अध्यक्ष हरिकृष्ण गजुरेल, अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघका महासचिव वसन्त बाेगटी, क्रान्तिकारी युवा लिगका उपाध्यक्ष केशव ढलकाेटी लगायतका नेताहरुले पनि अभियान सफलताकाे शुभकामना व्यक्त गर्दै वैदेशिक हस्तक्षेपकाे कडा विराेध जनाएका थिए ।

पार्टी पीवीएम तथा प्रदेश इन्चार्ज दिनेश शर्माकाे अध्यक्षता र पीवीएम पवनमान श्रेष्ठकाे सञ्चालनमा सम्पन्न भएकाे कार्यक्रममा जनगायक जीवन शर्मा र सामना साँस्कृतिक परिवारका कलाकारहरुले जनवादी तथा क्रान्तिकारी गीत प्रस्तुत गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर