पोखरा, १५ माघ । देशभक्त जनगणतान्त्रिक मोर्चा नेपालका महासचिव एवम् नेकपा क्रान्तिकारी पार्टीका स्थायी कमिटि सदस्य परि थापाले एमसीसी सम्झौता राष्ट्रघाती सम्झौता भएको बताएका छन् ।

हार्दिक शुभकामना !

बुधबार पोखरामा भएको देशभक्त जनगणतान्त्रिक मोर्चा नेपालको आयोजनामा भएको राष्ट्रिय स्वाधिनताको चार महिने अभियानका उद्घाटन गर्दै उनले यस्तो बताएका हुन् ।

नेता परि थापाले अहिलेको सरकारले एमसीसी कुनै पनि हालतमा पारित गर्ने बताउँदै त्यसका विरुद्ध सडक संघर्ष गर्नुको विकल्प नभएकोमा जोड दिए । यो सरकारले एक पछि अर्को गर्दै राष्ट्रघाति निर्णयहरु गर्दै गएको समेत परी थापाको आरोप थियो ।

उनले भारतले त्यतिका सीमा मिचेको र नेपाली भूमिमा भारतीय सेना राखेको थाहा पाउँदा पनि टुलुटुलु हेरेर बसेर लाचारीपन देखाएको बताए ।

नेकपा क्रान्तिकारी माओवादीको प्रदेश ४ का सेक्रेटरी केशबहादुर परियारको अध्यक्षतामा भएको कार्यक्रममा नेकपा क्रान्तिकारी माओवादीका पोलिटव्युरो सदस्य तथा प्रदेश ४ इन्चार्ज चन्द्र हरि सुवेदी, आदिवासी जनजाति महासंघ केन्द्रिय कोषाध्यक्ष एवम् मगर मुक्ति मोर्चाको केन्द्रिय अध्यक्ष निलबहादुर पुन, महिला नेतृ खुमति तमु, मजदुर संगठनको सचिवालय सदस्य कृष्ण कट्टेल, अखिल क्रान्तिकारीका कन्द्रिय सदस्य जीतेन्द्र लम्साल लगायतले देजमोको अभियानका बारेमा बोलेका थिए ।

देशभक्त जनगणतान्त्रिक मोर्चा नेपालका प्रदेश अध्यक्ष नेत्र रानाभाटको सञ्चालनमा भएको कार्यक्रममा देशभक्त जनगणतान्त्रिक मोर्चा नेपाल प्रदेश सचिव बाबुराम सुवेदी स्वागत मन्तव्य राखेका थिए ।

अभियानको काठमाडौं, पोखरा, महेन्द्रनगर र दाङबाट एक्कै साथ बुधबारबाट शुरु गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर