पानीको अवरोध छिचोल्दै कन्चनपुरको महेन्द्रनगरमा गरियो अभियानको उद्घाटन (फोटोफिचर)

पानीको अवरोध छिचोल्दै कन्चनपुरको महेन्द्रनगरमा गरियो अभियानको उद्घाटन (फोटोफिचर)

काठमाडौं । प्रदेश ५, ६ र ७ मा सञ्चालन हुने चार महिने राष्ट्रिय स्वाधीनता तथा संगठन विस्तार अभियानको उद्घाटन पानीको अवरोध छिचोल्दै कञ्चनपुरको महेन्द्रनगरमा भव्य रुपमा सम्पन्न भएको छ ।

पार्टीका स्थायी समिति सदस्य तथा पश्चिम व्यूरो इन्चार्ज रामसिंह श्रीसले व्यानर वाचन गरेर र मैन बत्ती बालेर अभियानको उद्घाटन गरे ।


खुल्ला रुपमा गर्ने तयारी गरिएको कार्यक्रम पानीले अवरोध गरिएपछि हलमा कार्यक्रमको उद्घाटन गरिएको थियो ।


उद्घाटन समारोहलाई प्रमुख अतिथि समेत रहेका नेता श्रीस लगायत देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपालका केन्द्रीय उपाध्यक्ष केवि गुरुङ, पार्टी पीवीएम भुपेन्द्र न्यौपाने, क्रान्तिकारी युवा लिगका महासचिव दिलबहादुर कठायत, अखिल (क्रान्तिकारी)का महासचिव पेशल दाहाल, अनेमसंघ (क्रान्तिकारी)की उपाध्यक्ष चन्द्रा थानी, अनेकिमहासंघ (क्रान्तिकारी)का टंक कोइराला, क्रान्तिकारी पत्रकार महासंघका प्रदेश संयोजक धनन्जय अवस्थी लगायतका नेताहरुले अभियान सफलताको शुभकामना दिएका थिए ।


पार्टी पीवीएम तथा प्रदेश इन्चार्ज अनुकूलको अध्यक्षतामा सम्पन्न भएको समारोहको सञ्चालन सेक्रेटरी रामबहादुर महराले गरेका थिए ।


कार्यक्रममा पार्टी केसहरु डायमन्ड, विक्रान्त, लालकिरण लगायतका नेताहरुको समेत उपस्थिति रहेको थियो ।