काँकडभिट्टामा यसरी गरियो अभियानको उद्घाटन (फोटोफिचरसहित)

काँकडभिट्टामा यसरी गरियो अभियानको उद्घाटन (फोटोफिचरसहित)

काँकडभिट्टा । नेकपा (क्रान्तिकारी माओवादी)को पूर्व निर्धारित कार्यक्रम अनुसार १ र २ नं. प्रदेशमा सञ्चालित हुने अभियानको झापाको काँकडभिट्टामा भव्य कार्यक्रमका बीच उद्घाटन गरिएको छ । अभियानको पार्टीका स्थायी समिति सदस्य तथा प्रवक्ता हरिभक्त कँडेलले उद्घाटन गरे ।

पार्टी पीवीएम तथा प्रदेश इन्चार्ज मिनकुमारको अध्यक्षतामा भएको अभियान उद्घाटन समारोहको सञ्चालन प्रदेश सचिव रत्न गुरागाईले गरेका छन् ।
प्रवक्ता कँडेलको प्रमुख आतिथ्यतामा सुरु भएको अभियान उद्घाटन समारोहमा सन्थाल जातिको झाँकी समेत प्रस्तुत गरिएको थियो भने सामना साँस्कृति परिवारले गीत तथा नृत्य प्रस्तुत गरेको थियो ।

कार्यक्रममा अनेमसंघ (क्रान्तिकारी)की अध्यक्ष अम्बिका मुडभरी, क्रान्तिकारी युवा लिगका अध्यक्ष अमीर महर्जन, मधेसी राष्ट्रिय मुक्ति मोर्चाका अध्यक्ष विरेन्द्र यादव, दलित राष्ट्रिय मुक्ति मोर्चाका अध्यक्ष अमर परियार नेताहरुको समेत उपस्थिति रहेको छ ।

झापाका इन्चार्ज समेत रहेका पार्टी केस विमलले स्वागत गरेको कार्यक्रममा पार्टी पीवीएम तथा २ नं. प्रदेशका इन्चार्ज कृष्णदेव सिंह, केसहरु मनोज श्रेष्ठ, मोहन लिम्बू, डिल्लिराम बोहरा, मोहन तामाङ लगायतका नेताहरुको उपस्थिति रहेको छ ।