
काठमाडौं । नेकपा (क्रान्तिकारी माओवादी)ले काठमाडौंबाट सुरु हुने अभियान नारा जलुससहित रत्नपार्क शान्तिबाटिकामा भव्यतापूर्वक उद्घाटन गरेको छ । पार्टीका स्थायी समिति सदस्य तथा देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपालका अध्यक्ष सीपी गजुरेलले म्याजिक पटका पड्काएर अभियानको उद्घाटन गरेका छन् ।
शान्तिबाटिकाबाट सुरु भएको नारा जुलुस पुरानो बस पार्क, सुन्धरा, नेपाल एयरलायन्स हुँदै पुन शान्तिबाटिकामा पुगेपछि विधिवत् रुपमा सुरु भएको उद्घाटन समारोहमा कार्यक्रमका प्रमुख अतिथि समेत रहेका अध्यक्ष गजुरेलले म्याजिक पटका पड्काएर अभियानको उद्घाटन गरेका हुन् ।
पार्टीका पीवीएम तथा ३ नं. प्रदेशका इन्चार्ज दिनेश शर्माको अध्यक्षतामा सम्पन्न भएको अभियान उद्घाटन समारोहको सञ्चालन अर्का पीवीएम पवनमान श्रेष्ठले गरेका छन् ।
कार्यक्रममा पीवीएम तथा प्रदेश सचिव प्रवेशले स्वागत मन्तव्य राखेका थिए । कार्यक्रममा आदिवासी जनजाति महासंघका अध्यक्ष ओम गुरुङ, अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी)का अध्यक्ष सीताराम तामाङ, अनेमसंघ (क्रान्तिकारी)की महासचिव शारदा महत, अखिल (क्रान्तिकारी)का अध्यक्ष हरिकृष्ण गजुरेल, अखिल नेपाल क्रान्तिकारी ट्रेड यूनियन महासंघका महासचिव बसन्त बोगटी र क्रान्तिकारी युवा लिगका उपाध्यक्ष केशव ढलकोटी लगायतका नेताहरुको समेत अतिथिको रुपमा उपस्थिति रहेको छ ।