काठमाडौं  । नेकपा क्रान्तिकारी माओवादीका स्थायी सदस्य तथा देजमोका केन्द्रिय अध्यक्ष सिपी गजुरेलले कालापानी लिपुलेक र लिम्पियाधुरा नेपालको भूभाग भएकाले नेपालको नक्सामा समावेश गरिनु पर्ने तर्क गरेका छन् । शनिबार ललितपुर जिल्ला कमिटिको राजनीतिक प्रशिक्षण कार्यक्रमलाई सम्बाेधन गर्दै नेता गजुरेलले भारतले मिचेको भूमि फिर्ता गर्न सबै राष्ट्रवादी दलहरु एक हुनुपर्ने बताएका छन् । पैसा आउँछ भन्दैमा दशै बेच्न त भएननी ? उनले आक्रोश पोखे यो वामगठबन्धनको सरकार सरकारबाट नहटेसम्म देश रहन्छ रहन्न त्यो अन्योलपूर्ण अवस्था छ।

हार्दिक शुभकामना !

पार्टीका पोलिटब्युरो सदस्य दिनेश शर्मा सागरले वगसंघर्षको भट्टिबाट आएका नेताहरुले नै गद्दारीपन अपनाउँदा राष्ट्रमा महंगी,भ्रष्ट्रचार लगायत संकट उब्जिदै वैदेशिक हस्तक्षेप बढेको बताए।

पीवीएम प्रवेशले अब प्रदेशले सबै जिल्लाहरुमा सिमा विवाद सम्बन्धी हाल भइरहेको नेपालको नक्साबारे जनतामा सचेतना अभियान चलाउने बताए।

अर्का केन्द्रिय सदस्य गोविन्द पौडेलले एमसीसी प्रकरण र सिमाविवाद प्रकरण यो सरकारले मच्चाएको आरोप लगाए।

कार्यक्रम ललितपुर जिल्ला सेक्रेटरी दिपकको अध्यक्षता तथा बर्षाकाे सञ्चालनमा सम्पन्न भएकाे थियाे । राजनीतिक प्रशिक्षण कार्यक्रममा जिल्लाभरका अगुवा नेता तथा कार्यकर्ताको  व्यापक उपस्थिति रहेकाे थियाे ।

प्रतिक्रिया

सम्बन्धित खवर