नवलपरासी ११ माघ ः नेकपा (क्रान्तिकारी माओवादी ) पश्चिम नवलपरासीले बिभिन्न खेमामा छरिएर रहेका माओवादी शक्तिहरुलाई एक ठाउँमा ल्याउन भन्दै ध्रुवीकरण अभियान शुरु गरेको छ । अभियान अन्तरगत शनिवार विप्लव नेकपाका जिल्ला सदस्य मेगराज पाण्डे ( आकाश ) क्रान्तिकारी माओवादीमा प्रबेश गरेका छन् । अभियानको क्रममा माओवादी आस्थामा रहेका पुर्व माओवादीहरुलाई पुरानो घर फर्कन समेत आब्हान गर्दै भेटघाटलाई तीब्रता दिइएको जिल्ला सदस्य न्युक्लियसले बताए । सोही क्रममा बर्दघाट नगरपालिका –४ को निवासी आकाशले नेत्र बिक्रम चन्द विप्लव नेतृत्वको नेकपाको नीति प्रष्ट नभएको भन्दै बिज्ञप्ति जारी गर्दै सो पार्टी परित्याग गरेका हुन । पाण्डेद्धारा हस्ताक्षरित बिज्ञप्तिमा – बिभिन्न बामपन्थी भनिने पार्टी तथा कम्युनिष्ट पार्टीमा भम्रबंस अल्झिएर रहनुभएका नेता कार्यकर्ताहरुमा नेपालमा क्रान्तिको मियो क्रान्तिकारी माओवादी नै रहेको जानकारी गराउदैं यस पार्टीमा ध्रुवीकृत हुन आब्हान गर्दछू – भनिएको छ । त्यस्तै सोही संगठन सुदृढ तथा ध्रुवीकरण कार्यक्रमकै सिलसिलामा सुनवल–७ र ८ नम्बर वडामा कार्यकर्ता भेटघाट सम्पन्न गरिएको छ । शनिवार सो पार्टीका जिल्ला सेक्रेटरी चोला , प्रदेश सदस्य समर र लालसिंहलागयतले नेता कार्यकर्ता तथा शुभेच्छुक सम्मलाई भेटघाट गरेका थिए । अभियानकै क्रममा सुनवल–७ अस्नैयामा क्रान्तिकारी माओवादीको बैठक समेत सम्पन्न भएको छ । बैठकले १४ गते नगरको बृहत भेला गर्ने निर्णय गरेको लालसिंहले बताए । त्यस्तै माघ १३ गते बर्दघाट नगर भेला आयोजना गरिएको बर्दघाट नगर सेक्रेटरी क्रान्तिले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर