राष्ट्रियतालाई केन्द्रमा राखेर आन्दोलन अगाडि बढाऔ‘ !

प्रकाशित मिति : २०७६ माघ १३

- चन्द्रहरि सुवेदी

अर्ध सामन्ती र नव÷अर्ध–औपनिवेशिक देशमा जनताका जल्दा बल्दा समस्या भनेकै राष्ट्रियता, जनतन्त्र र जनजीविकाका प्रश्न हुन् । बुर्जुवा गणतन्त्र आइसकेपछि सामन्तवाद पछाडि धकेलिएपनि, उत्पादन सम्बन्धका हिसाबले अभैm सामन्तवादी उत्पादन सम्बन्ध कायम छ । सामन्तवादी नेतृत्व राजा र राजतन्त्र हटिसकेपछि स्वतः साम्राज्यवाद अगाडि आउ‘ंछ र त्यस्को प्रतिनिधि दलाल पुँजिवाद हावी हुन्छ ।

यसप्रकार नेपालको हालको प्रधान अन्तरविरोध साम्राज्यवाद हाम्रो सन्दर्भमा भारतीय विस्तारवादद्वारा संरक्षित दलाल तथा नोकरशाही पँुजीवाद एवं सामन्तवाद मिलेर बनेको घरेल प्रतिक्रियावाद र नेपाली जनता बीचको अन्तर–विरोध प्रधान अन्तरविरोध बन्न पुगेको छ । नेपाली जनताले पन्छाउनु पर्ने दुइवटा पहाड सामन्तवाद र साम्राज्यवाद मध्ये सामन्तवादी पहाड धेरै हदसम्म भत्किसकेपछि स्वतः साम्राज्यवादी पहाड अजङ्गको रुपमा हाम्रो अगाडि खडा छ । यसलाई पन्छाइसकेपछि मात्र नेपाली जनताको स्वाधीनताको प्रश्नको समाधान हुन्छ । धेरै मानिसलाई भ्रम थियो कि वर्तमान प्रतिक्रियावादी राज्यसत्ताका सन्चालकहरुले राष्ट्रिय स्वाधिनताको पक्षमा धेरै काम गर्ने छ ।

भारतीय विस्तारवादी नाकाबन्दीको विरोध गरेर सत्तामा आएको आफुलाई राष्ट्रवादी सरकार भनेर चिनाउन खोजेको ओली नेतृत्वको सरकारले नेपाली जनतालाई ठुलो भ्रम दिन सफल भएको थियो । यो दुइ वर्षको अवधिमा राष्ट्रियताको नारा दिएर सरकारमा जाने र साम्राज्यवाद र विस्तारवादको चाकरी गर्ने नेपाली शासहरुको विरासतलाई यो सरकारले धेरै पछाडि छोडेको छ । जो सङ्ग जति धेरै आशा र अपेक्षा हुन्छ त्यो पुरा भएन भने द्वन्द्ववादको नियम अनुसार त्यति नै धेरै निराशा र घृणा पैदा हुन्छ । वर्तमान सरकारले जनताको त्यो निराशा र घृणालाई पचाउन नसकेर दमनको बाटोमा उत्रने असफल कोशीस गर्दैछ । जनताको मुख थुन्न प्रेस विधेयकदेखि सामाजिक सञ्जाललाई घुमाएर नाकाबन्दी लगाउन पत्रकारलाई धम्क्याउनेदेखि साम्राज्यवादी चाकरीको पर्दाफास गर्नेलाइ, दमन, लाठी चार्ज, जेल, नेल र हत्कडी लगाउन थालेको छ । आपै“mले समय दिएर सिंहदरवारमा बोलाएर देसभक्त जनगणतान्त्रिक मोर्चाका आधादर्जन नेता कार्यकर्तालाई हस्पिटल भर्ना हुने गरि लाठीचार्ज गरेर घाइते बनाउनु र सी.पी. गजुरेललगायत १५ जनाभन्दा बढीलाई गिरप्mतार गरेर थुन्नु यस्को ज्वलन्त उदाहरण हो ।
देशभक्त जनगणतान्त्रिक मोर्चाले लगातार उठाउ“दै आएको लिपुलेक–कालापानी–लिम्पियाधुरालगायतको प्रश्न आज तीन करोड नेपालीको समाधान नगरी नहुने पहिलो प्रश्न बनेको छ । सरकार विषयलाई अन्यत्र मोडेर कानमा तेल हालेर सुत्न खोज्दैछ, नेपाली जनताहरुले एकछिन पनि सुत्न नदिएर घच्घच्याएको यो सरकारलाई कत्ति मन परेको छैन र एलर्जी भएको छ । बहुला कुक्कुर पानीमा डुबेको जस्तो भएको छ र अत्तालिएको छ । आफुले हिजो उठाएको राष्ट्रिय स्वाधीनताको नाराको छायाँले तर्साइरहेको र लखेटिरहेको छ । भ्रम दिन उठाइएको स्वाधिनताको प्रश्न घा“डो बनेको छ र आप्mनै सह–कर्मीलाई राजकुमारी डायना बनाइदिन्छु भनेर धम्की दिन थालेको छ । प्रचण्ड बहुमतको दम्भले “मैले जे गरे पनि हुञ्छ” भन्ने भ्रम परेको छ र १५सालको दुइ तिहाइको सरकार २२ महिनामै जेल परेको र नेपाली जनताले साथ नदिएको र विद्रोह नगरेको नेपालको आप्mनै इतिहास भुलेको छ । पहिला पहिला हजार–लाख र करोडमा खाइने कमिशन र हुने भ्रष्टाचार अहिले अरबमा हुन थालेको छ । एनसेल काण्ड, वाइडबडी काण्ड, सुनकाण्ड, गोकर्ण रिसोर्टलगायत यति ग्रुप काण्ड त नमुनाकाण्डमात्र भएका छन् । आगामी चुनाव जित्न कमिशन, लुट र भ्रष्टाचारले गर्दा पारीको हिमाल हेर्दा अगाडिको खाल्टोमा परेर सरकार डुब्न लागेको छ । महङ्गीले जनता आक्रान्त परेका छन् र यो सराकारले केहि गर्छकि भन्ने आश समाप्त भएको छ र विद्रोहको ज्वालामुखी फुट्न खोज्दैछ । यसबाट अत्तालिएर सरकार विष्फोट हुने मुख थुन्न खोज्दैछ त्यसले झन् विष्फोटका नया“–नया“ केन्द्र बन्न खोजेको पत्तै पाउन छोडेको छ ।
यिनै केपी ओली हुन् आफु प्रतिपक्षमा हु“दासमेत, पश्चिमबाट घाम झुल्किन्छ, वार्षिक १ खरब २० अरब आम्दानी हुन्छ भनेर महाकाली सन्धि गर्ने, देउवा सरकारमा हु“दासमेत ताप्केभन्दा पहिला बिड तातेर मनमोहनलाई विरामी बनाएर देवराज घिमिरेजस्ता बुख्या“चालाई अगाडि सारेर आप्mनै पार्टी फुट्ने शर्तमा समेत सन्धि सम्झौता गर्ने । भारतले पानी लगेको लग्यै भयो सट्टामा बर्दियामा दिन्छु भनेको जमिन पनि बा“ध बनाउ“दा मिचेको जमिन अझसम्म नेपालले पाउन सकेको छैन । विश्व बै“कका गलत शर्तलाई अस्वीकार गरेको प्रचार गर्ने ओली एण्ड कम्पनीले अरुण तेश्रो जस्तो सस्तो जलविद्युत् परियोजना, तावाको तापले उफ्रेको माछा आगोको भुङ्ग्रोमा खसेजस्तै भारतीय विस्तारवादलाई सुम्पेको छ आ“पैmले नबनाएर । हार विनाको हिरा, संसारको सबैभन्दा सस्तो माथिल्लो कर्णाली परियोजना, नक्कली भारतीय कम्पनी जी.एम. आरलाई सुम्पेर गाइ मारेर गधा पोसेको छ । बिजुली भारतको प्राथमिकता हैन पानी नछोड्ने विस्तारवादी दाउ कर्णालीमा छताछुल्ल पोखिएको छ । अमेरिकी सहायक विदेशमन्त्रीले भनिसकेको मिलेनियम च्यालेन्ज कर्पाेरेसन, इण्डो प्यासिफिक, स्ट्राटेजीको अङ्ग हो सहयोग लिने नलिने तिम्रो खुसीभन्दा समेत हैन यो विशुद्ध विकास सहयोग हो भनेर नेपाली लेण्डुप उफ्रेको देख्दा उदेक लाग्छ । देख्नेका आ“खा फुटे सुन्नेको सहि भन्ने नेपाली उखान यस्तैलाई लागु हुन्छ । हामीलाई कसैको पक्ष लिनु छैन ।
चौतर्फी नाकाबन्दी बेहोरेको इरानले त इराकमा क्षेप्यास्त्र हानेर अमेरिकालाई बाबुको दुहाइ दिएको छ भने संसारको महाशक्ति बन्ने दाउमा रहेको चिनको परिधिभित्र नेपालमा सैन्य क्याप्म राखेर अमेरिका बस्यो भने चुप लागेर बस्छ ? चिनका खसुन्की अमेरिकाका बम गोला खस्दा हिरोसिमा र नागासाकी बन्ने त हाम्रै भू–भागमा हो नि ? यस्ता गलत शर्त राखेर तराइका किसानले मिटर ब्याजमा ऋण लिएर आपै“m सुकुम्बासी बन्ने काम गरे भै“m साम्राज्यवादको दलाली गरेर सत्तामा सधै“भरि टिक्ने दुस्स्वप्न नदेख्दा हुन्छ । यो सरकारको दोश्रो विश्वयुद्धताका नेपाली जनताले घ“ास दाउरा गर्दा वन–पाखामा गाएको गित “खोला–खोला नहिड्नु होला अमेरिकाले खसाल्ला बम गोला” भन्ने जतिपनि दूरदृष्टि छैन । सधै“भरि सत्तामा बस्छु भनेर भूइ“को टिप्न खोज्दा पोल्टाको पोखिन लागेको पत्तो पाएको छैन ।
समस्याहरु सबैतिर छन् तर एक पटकमा एउटा मुख्य समस्या हुन्छ र त्यसलाई हल गर्दै अरु समस्याका गा“ठाहरु फुकाउ“दै जानु द्वन्द्वात्मक भौतिकवादी विज्ञानको नियम हो । कुनै स्वार्थ नराखि सत्ताको सुख भोगको लालसा नराखि, संसारो घाम नअस्ताउने बेलायती साम्राज्यवादलाई समेत हराएर ऐलेसम्म सार्वभौमिक सत्तालाई अक्षुण्ण राख्ने वीर पुर्खाहरु बलभद्र कु“वर, भक्ति थापा, अमरसिंह थापा, कप्तान उजीर सिंहहरुबाट प्रेरणा लि“दै देसभक्त नेपालीहरु एकजुट भएर पश्चगामी दिशातिर होइन सङ्घीय जनगणतन्त्रको दिशातिर अगाडि बढ्ने प्रगतिशील सोच राखेर एक ढिक्का हुनु आजको आवश्यकता हो । एङ्गेल्सले भनें‘ भै‘ंm “ सम्पुर्ण उत्पीडितहरु उपयुक्त मौका पाउनमा उत्पीडकहरुको विरुद्ध अग्रिम मोर्चामा आएर लड्दछन्” भन्ने भनाइको हामीलाई एकदमै जरुरी छ । राष्ट्रिय स्वाधिनतालाई केन्द्रमा राखेर अरु विषयहरु, महङ्गी, भ्रष्टाचार, कमिशनखोर, दमन, धरपकड, बोल्ने, लेख्ने, सभा, सङ्गठन गर्न पाउने हकको ग्यारेण्टी अभिव्यक्ति स्वतन्त्रताको सुनिश्चिततालाई जोडेर अगाडि बढ्नु पर्दछ । देश नै नरहेपछि अरु स्वतन्त्रता, अधिकार, बोल्ने कुरा, राजनीति गर्ने, सङ्गठन गर्ने, पार्टी खोल्ने कुरा नै कहॉं रहन्छ ?आज सिक्किममा सिक्किमका आप्mनै पार्टी कहॉं छन् ? भारतीय शाखा पार्टीहरु मात्र हुन्छन् नाम सिङ् नभएको गोरुलाई तिखे राखे जस्तै जे नाम राखे पनि के अर्थ र ?
आज देशलाई वीर देशभक्तहरुको खॉचो छ । गर्ने भन्ने हनुमान् जस पाउने ढेडु भने भै‘ंै, ब्रिटिस इण्डियाका दलाल चन्द्रशेखर उपाध्याय र गजराज मिश्रजस्ता सुगौली सन्धिमा नेपालीहरुको मानमर्दन गरेर घु‘ंडा टेकेर किस्तीमा सम्झौतापत्र बुझाउने पात्र चहिएको छैन । सार्वभौमसत्ता सम्पन्न, राष्ट्रिय स्वाधीनता, क्षेत्रीय अखण्डताले भरिपूर्ण सिङ्गो नेपाल चाहिएको छ । त्यहि प्राप्तिको लागि नेकपा(क्रान्तिकारी–माओवादी) को हालै सम्पन्न केन्द्रीय समितिको बैठकले मिल्न सकिनेजति शक्तिसित कार्यगत एकतासमेत गरेर कालापानीसम्म जाने सीमा जागरण अभियानसहितका कार्यक्रम बनाएको छ । त्यसलाई पुरा गर्नु अहिलेको आवश्यकता हो ।