नयाँ समाजको निर्माणका लागि सुहाउँदो साँस्कृतिक जग खोजौँ !

प्रकाशित मिति : २०७६ माघ ९

- शान्तदास


हामीहरूलाई नयाँ कुरा प्यारो लाग्न थालेको आधा शताब्दीभन्दा बढी समय बितिसकेको छ भनौँ झन्डै एक शताब्दी पुग्न पुग्न लागिसकेको छ । हामीले नयाँ कुरोको खोजी ग¥यौँ किनभने हामी नयाँ कुरा चाहन्थ्यौँ र चाहन्छौँ । तर हाम्रै देशको इतिहासमा हामीले पुरानै कुरा मन पराउनेहरू मात्र हैनन् त्यसलाई टिकाइराख्न जे गर्न समेत तयार रहेकाहरू पनि हामीले देख्यौँ । हामीहरू त पक्का पनि त्यस्ता होइनौँ भनी हामी भन्ने गर्छौँ । हामी त नयाँ कुरा मन पराउनेहरू हौँ । हामीहरू भनेका नयाँ कुराका लागि बलिदान गर्न समेत तयार भएकाहरूमध्येका हौँ । अझ भनौँ हामीमध्ये धेरै अरूलाई समेत यसै बाटोमा हिँड्न उक्साउनेहरू, यसो त नभनौँ क्यारे, प्रेरित गर्नेहरू हौँ । हेर्नोस् न, हामीले नयाँ नयाँ कुरा भनी हिँड्यौँ र हिँडिरहेका छौँ । हामी नयाँ गीत गाउँछौँ, नयाँ बाटो बनाउँछौँ, नयाँ लुगा हाल्छौँ । तर त्यही बेला हामीलाई पुरानो कुराको पनि माया लाग्ने गर्छ । हामी तिनलाई छाड्न सकिरहेका भने छैनौँ । हामी तिनैमा नजाँनिँदो हिसाबले टाँसिरहेका छौँ । यसो किन भएको होला ? सके हामीले भन्ने गरिआएजस्तै हामीले हाम्रो पुरानो समाजको साँस्कृतिक जग अर्थात् उहिलेको समाज उभ्याइएको संस्कृति छाड्न सक्तैनौँ किनभने हामीले नयाँ संस्कृतिको निर्माण गरिसकेकै छैनौँ । यसरी पुरानो संस्कृतिप्रतिको हाम्रो मोहकै कारणले यसो हुन पुगेका हौँ कि ? हेर्नोस् न हामीहरू बरोबर भन्ने गर्छाैँ– ‘हामी संस्कृतिमा धनी छौँ !’ त्यसैले हामी हाम्रो पुरानो समाजले निर्माण गरेको, बसालेको थितिको अर्थात् संस्कृतिको प्रेमी छौँ अनि हामी त्यसलाई छाड्नै सक्तैनौँ ।

वास्तवमा नयाँ लुगा लाउने हाम्रो मन त छ तर हामीले लाइरहेका लुगा भने हामी छाड्न सकिरहेका छैनौँ भने वा छाड्दैनौँ भने नयाँ लुगा लाएर ठाँटिन खोज्ने हामीहरू आखिरमा कस्ता देखिनेछौँ होला वा देखिन्छौँ, सोच्नुभएको छ ? लाइराखेको पुरानो लुगामाथि नै अर्को नयाँ लुगा लगाइरहेका हामीहरूको स्थिति कस्तो देखिएको होला ? नयाँ लुगामा ठाँटिन चाहेका हामीहरू ठाँटिला हुन सकिरहेका छैनौँ, बरु बेढङ्गको देखिने भएका छौँ, हैन र ? वास्तवमा यस्तो बेढङ्गको देखिने हुनु त हामी चाहँदै चाहँदैनथ्याँै । तर के गर्ने, हाम्रो आफ्नै कारणले हाम्रो स्थिति बेढङ्गको देखिएको छ । यस्तो किन भइरहेको होला ? यस कुरामा मानिसहरू कतिसम्म निरीह छन् भन्ने कुरा हामीलाई सम्झाउने एउटा ग्रिसेली कथा छ – कथा नार्सिससको हो । नार्सिसस साह«ै राम्रो छ तर उसले आफ्नो अनुहार आपैmले कहिल्यै देख्न पाएको थिएन । यो मानिसको कमजोरी हो किनभने एकजना मानिसका आँखाले ऊभन्दा बाहिरका सबै कुरा त देख्छन् तर तिनै आँखाले आपैmँ(आँखा)लाई त देख्न सक्तैनन् नि । आँखामा केही प¥यो भने हामी अरूसित आफ्ना आँखामा के प¥यो हेरिदिन अनुरोध गर्छौँ, हैँन र ? किनभने आफ्ना आँखाले आफ्नै ती आँखालाई कसरी देख्नु ! देख्नै सक्तैनन् नि । एकदिन पोखरीको किनारमा बसिरहेको बेला नार्सिससले पोखरीमा आफ्नै प्रतिबिम्ब देखेछ । उसलाई यो कुरा अर्थात् पानीभित्र देखिएको प्रतिबिम्ब आफ्नै अनुहारको प्रतिबिम्ब हो भन्ने कुरा थाहा भएन र ऊ आफ्नै प्रतिबिम्बप्रति मोहित हुन पुग्यो र उसको मोह कतिसम्म गाढा भयो भने ऊ त्यो प्रतिबिम्बलाई आलिङ्गन गर्न पोखरीमा हाम्फाल्यो र उसले आफ्नो ज्यानै गुमायो । यसरी यो कथा एकातिर नार्सिससको अत्यन्त सुन्दर अनुहारको बयानको कथा हो भने अर्कोतिर यथार्थको ज्ञान नहुनु र त्यसले गर्दा दुष्परिणाममुखी कुरामा आशक्त हुन पुग्दा भोग्न बाध्य हुनुपरेको परिणामको कथा हो । हामी पनि हामीले राम्रा भनिआएका संस्कृतिप्रतिको हाम्रो मोहका कारणले नार्सिससले आफ्नो ज्यान गुमाएजस्तै धेरै धेरै कुरा अर्थात् पुस्तौँ पुस्ताको मेहनतलाई माटोमा मिलाइआएका छौँ, गुमाइआएका छौँ । मात्र छाँयाप्रतिको मोहकै कारणले गर्दा नार्सिससले आफ्नो ज्यान गुमाएजस्तै हामीले पनि एक शताब्दीदेखिको हाम्रो राष्ट्रको त्याग र तपस्यालाई हाम्रो पुरानो संस्कृतिप्रति रहेको मात्र मोहकै एक दुई कारणले गर्दा भङ्ग गरेका छौँ, माटोमा मिलाइआएका छौँ । यसरी हामी पनि हाम्रो क्षेत्रमा नार्सिसस जस्तै भएका छौँ । प्रश्न मनमा उठिरहेको होला त्यो कुन संस्कृति हो जसले हामीलाई नार्सिसस बनायो ।

मात्र केही दिनअघिको कुरा हो– ‘नेवा नुगः’ले बनाइसिध्याएको एउटा घरमा विधिवत् गृह–प्रवेशको कार्यक्रम रहेको थियो । कार्यक्रम भव्य खालको होइन सामान्य नै थियो । पुरानो चलनअनुसार नयाँ गृह प्रवेशको अवसर साह«ै भव्य हुनुपथ्र्यो, नातेदारहरू पुगेर रङ्गीचङ्गी ध्वजा फहराउनु पथ्र्यो, भोजभतेर हुनुपथ्र्यो, रमझम हुनुपथ्र्यो । तर नेवा नुगःको त्यो अवसर पुरानो परम्पराअनुसारको थिएन सामान्य नै भन्नुपर्छ । गृह प्रवेशमा एकजना वयोवृद्धले कैँची समाते र रातो रिबन काटे त्यसपछि एक दुई जनाले केही उद्गार पोखे र अन्त्यमा चिया र एक दुइटा बिस्कुट खाए । बोल्ने क्रममा मलाई पनि उभ्याइएको थियो र मैले नेवा नुगःले उभ्याएको भवनको सांस्कृतिक जगको कुरा गर्न खोज्दै भनेँ– हाम्रो समाजमा यसो भन्ने एउटा चलन छ अर्थात् हाम्रो संस्कृतिअनुसार हामी भन्ने गर्छौँ, “एउटा नयाँ घर उभ्याउन नसक्ने छोरा र छोरा पाउन नसक्ने छोरी वा बुहारी केही अर्थ (काम)का हुँदैनन् ।” यदि यो भवन ठड्याउन लागेकाहरू माथि उल्लेख गरेको भनाइ वा संस्कृतिअनुसार नै चलेका भए यो भवन भने यसरी ठडिने थिएन किनभने यो एक छोराले मात्र आफ्नो भवन उभ्याएसरि उभ्याएको भवन हैन, हुँदै हैन । तर के गर्ने हाम्रो सिङ्गो समाज उही पुरानै ढङ्गले हिँडिरहेको छ । आज हाम्रो देशमा सिङ्गो मुलुकलाई बनाउँछौँ, यसलाई उठाउँछौँ भनी हिँडेका हाम्रा नेताहरूले देशलाई उठाउनु सट्टा बरु देशलाई लथालिङ्ग स्थितिमा पु¥याएर पुरानो संस्कृतिमा टेक्दै आफ्नै एक दुई घर ठड्याउनतिर लागे र धुमधामका साथ गृह प्रवेश गरे । उता देशलाई उठाउने प्रतिवद्धताका साथ सेवामा प्रवेश गरेकाहरूमध्ये धेरैले आफ्नो मातहतको कार्यालय भवन निर्माण भइरहेको बेला जुटाइएका सर्जामहरूमध्ये राम्रा राम्रा जति छानेर केही आफ्नै निजी भवन उठाउन आफ्नो घरतिर ओसार्न पनि समर्थ भए । यो कुरा हामी गएको भुइचालोमा परेर ध्वस्त भएका सर्कारी भवनहरूको गति हेरेर पनि अनुमान लगाउन सक्छौँ अर्थात् ती घरका सांस्कृतिक जग कतिसम्म कच्चा रहेका रहेछन् भन्ने कुरा थाहा पाउँछौँ । हैन र ? वास्तवमा हाम्रो संस्कृतिले हामीलाई ठीक दिशातिर लानको साटो उल्टो दिशातिर घिसार्दै छ र हामी आपैm घिसारिँदै नार्सिसस बन्न पुगिरहेका छौँ । माथि उल्लेखित संस्कृति अर्थात् “….छोरो पाउन नसक्ने बुहारी वा छोरी….”ले पनि अहिलेसम्म हाम्रो समाजलाई कुन ठाउँमा कसरी कोच्याएर राखेको छ हामीले भोग्दै छौँ अर्थात् नार्सिससले जस्तै मोहमा परेर अहिलेसम्म पनि हामी आफ्नी छोरी बुहारीहरूको ज्यानलाई सास्ती दिइरहेका छौँ र यस क्षेत्रमा नार्सिसस बनिरहकै छौँ, हैन र ?
यसरी हामी उठ्ने नै हो भने अर्थात् हामीले नयाँ भवन उठाउने नै हो भने पुरानो जगमा हैन नयाँ जग हाल्न पुरानो जग पन्छाउनुपर्छ वा उखेल्नै पर्छ । नयाँ नेपालको नयाँ र दरो भवनको निर्माण गर्न खोज्नेहरूले त्यस भवनलाई थाम्न सक्ने नयाँ र सुहाउँदो सांस्कृतिक जगको निर्माण गर्नैपर्छ ।