महत्वपूर्ण निर्णय लिदै अनेमसंघ (क्रान्तिकारी)को सचिवालयको बैठक सम्पन्न

प्रकाशित मिति : २०७६ माघ ७

- अनु निरौला


काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी) निकट अखिल नेपाल महिला संघ (क्रान्तिकारी)को केन्द्रीय समितिको सचिवालयको विस्तारित बैठक सम्पन्न भएको छ ।
संगठनकी अध्यक्ष अम्बिका मुडभरीको अध्यक्षता र क्रान्तिकारी माओवादीका स्थायी समिति सदस्य रामसिंह श्रीसको विशेष उपस्थितिमा सम्पन्न भएको बैठकले क्रान्तिकारी माओवादीले सञ्चालन गर्ने चार महिने अभियानमा आफ्नो सम्पूर्ण शक्तिलाई परिचालन गर्ने निर्णय गरेको छ ।
ललितपुरको कुपण्डोल स्थित पार्टी कार्यालयमा आइतबार सम्पन्न बैठकमा देशैभरबाट आएको संगठनका सचिवालय तहका नेतृहरुको सहभागिता रहेको थियो । अभियानमा परिचालनका लागि बैठकले सचिवालय सदस्यहरुको आवश्यक कार्यविभाजन समेत गरेको छ ।
बैठकले आठ मार्चलाई भव्य रुपमा मनाउने, अभियानकै क्रममा वृहत् अन्तक्र्रिया कार्यक्रम गर्ने, संगठन निर्माण तथा विस्तारको कामलाई व्यापक बनाउने, एकल वा संयुक्त रुपमा आन्दोलनका कार्यक्रमहरु सञ्चालन गर्ने लगायतका महत्वपूर्ण निर्णय गरेको छ