मिचिएकाे भूमि फिर्ताकाे माग गर्दै देजमाे तनहुँले बुझायाे ज्ञापनपत्र

प्रकाशित मिति : २०७६ माघ ५

तनहूँ । राष्ट्रिय स्वाधीनताको रक्षा र मिचिएको सीमा समस्या समाधानको माग राख्दै देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपाल तनहूँले आइतबार प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापन पत्र बुझाएको छ ।

देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपाल जिल्ला समिति तनहूँले प्रमुख जिल्ला अधिकारी रूद्रराज पण्डित मार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र र लिम्पियाधुरा सहितको नेपालको नक्शा  बुझाएको हो ।

ज्ञापन पत्र पढेर देजमो नेपाल तनहूँका अध्यक्ष बेनीबहादुर थापा र नक्शा नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी) का केन्द्रीय सदस्य दिनेशले हस्तान्तरण गरेका हुन् ।

ज्ञापन पत्र र नक्शा बुझाउनुको कारण बारेमा देजमो नेपाल ४ नं प्रदेश अध्यक्ष नेत्र रानाभाटले प्रष्टाएका थिए ।

ज्ञापन पत्र र नक्शा ग्रहण गरी कार्यकक्षमा झुण्ड्याउदै प्रमुख जिल्ला अधिकारीले राष्ट्रिय स्वाधीनता रक्षाको लागि आमनागरिकलाई सचेत पार्नु भएकोमा धन्यवाद दिदै ज्ञापन पत्र प्रधानमन्त्री कार्यालय पठाउने प्रतिबद्धता ब्यक्त गरे ।