प्रदेशको नाम ‘बागमती’ र राजधानी ‘हेटौडा’ राख्नु उत्पीडित जनसमुदायको भावनामाथि कुठाराघात : क्रान्तिकारी माओवादी

प्रदेशको नाम ‘बागमती’ र राजधानी ‘हेटौडा’ राख्नु उत्पीडित जनसमुदायको भावनामाथि कुठाराघात : क्रान्तिकारी माओवादी


काठमाडौं । नेकपा (क्रान्तिकारी माओवादी) ३ नं. प्रदेशले एक वक्तव्य जारी गरी प्रदेशको नाम बाग्मती र राजधानी हेटौडामा राख्नु पञ्चायतकालीन मानसिकताको उपज भएको भन्दै यसले उत्पीडित जनसमुदायको भावनामाथि कुठाराघात गरेको ठहर गरेको छ । व्यवस्थापिका संसदको क्षेत्राधिकारमाथि समेत हस्तक्षेप गर्दै सत्तारुढ डबल नेकपाले गरेको यो प्रतिगामी निर्णयको क्रान्तिकारी माओवादीले घोर भत्र्सना गरेको छ ।

पार्टीका प्रदेश सदस्य प्रवेशले २९ पौषमा जारी गरेको वक्तव्यमा डबल नेकपाको सचिवालयको बैठकले निर्णय गरे अनुरुप संसदले समेत उक्त निर्णय पारित गर्नुले संसदहरु उक्त दलको रबर स्टाम्प र विना विवेकको रोबोट बन्न पुगको उल्लेख गरिएको छ । ३ नं. प्रदेशको सन्दर्भमा उत्पीडित आदिवासी नेवाः र तामाङ जाति लगायत अरु आदिवासी जनजातिको पहिचान चाहिएको हो भन्दै वक्तव्यमा ३ नं. प्रदेशको हकमा पहिचान झल्कने नेवाः ताम्सालीङ राख्नुपर्ने र राजधानी प्रदेशलाई पायक पर्ने ठाउँमा राखिनुपर्ने थियो भन्ने उल्लेख गरिएको छ ।