गोरखा । अतिक्रमित भूमि फिर्ताको माग गर्दै देजमो गोरखाले प्रमुख जिल्ला अधिकारीमार्फत् प्रधानमन्त्री केपी ओलीलाई ज्ञापन पत्र बुझाएको छ । नेकपा (क्रान्तिकारी माओवादी) सम्बद्ध देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपाल गोरखा जिल्ला समितिले सिडिओमार्फत् प्रधानमन्त्री केपी ओलीलाई ज्ञापन पत्र बुझाएको हो ।


मोर्चाका जिल्ला अध्यक्ष छविलाल घलेको नेतृत्वमा गएको मोर्चाको टोलीले अतिक्रमित लिम्पियाधुरा, लिपुलेक, कालापानी लगायतका नेपाली भूभाग फिर्ता गराउत अविलम्ब ठोस कदम चाल्न माग गर्दै ज्ञापन पत्र बुझाएको हो ।

हार्दिक शुभकामना !


ज्ञापन पत्र बुझाउने क्रममा नेकपा (क्रान्तिकारी माओवादी)का केस नारायण अधिकारी, गोरखा जिल्लाका पार्टी सेक्रेटरी कृष्ण कट्टेल लगायतका नेताहरुको समेत उपस्थिति रहेको थियो ।

नेता कट्टले वाचन गरेर सुनाएको ज्ञापन पत्रका विषयमा नेता अधिकारीले स्पष्ट पारेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर