प्रदेशको नामाकरणको विरोधमा नेवाः र ताम्सालीङ मोर्चा उत्रिए सडकमा (फोटोफिचर)

प्रदेशको नामाकरणको विरोधमा नेवाः र ताम्सालीङ मोर्चा उत्रिए सडकमा (फोटोफिचर)


काठमाडौं । दशवर्षे जनयुद्ध, ०६२÷०६३ को जनआन्दोलन, मधेश आन्दोलन तथा आदिवासी जनजाति आन्दोलनको मर्म र भावनामाथि लात हान्दै वर्तमान ओली सरकारले ३ नं. प्रदेशको नाम उत्पीडित जातीय पहिचानको आधारमा नभई नदीको नामबाट नामाकरण गरेको प्रति नेकपा (क्रान्तिकारी माओवादी) सम्बद्ध नेवाः राष्ट्रिय मुक्ति मोर्चा र ताम्सालीङ मुक्ति मोर्चाले कडा विरोध जनाएका छन् । उनीहरुले सडकमै उत्रिएर सो निर्णयको तीव्र विरोध जनाएका छन् ।


आइतबार माइतीघर मण्डलामा नेवाः राष्ट्रिय मुक्ति मोर्चा र ताम्सालीङ राष्ट्रिय मुक्ति मोर्चाले संयुक्त रुपमा विरोध सभा आयोजना गर्दै उक्त निर्णयको कडा विरोध जनाएका हुन् । उनीहरुले त्यो निर्णय नसच्याएसम्म आन्दोलनलाई सशक्त बनाउने उद्घोष गरेका छन् ।


आइतबार भएको विरोधसभालाई अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी)का अध्यक्ष सीताराम तामाङ, नेवाः राष्ट्रिय मुक्ति मोर्चाका अध्यक्ष पवनमान श्रेष्ठ, ताम्सालीङ राष्ट्रिय मुक्ति मोर्चाका अध्यक्ष फुर्नाम्गेल मोक्तान लगायतका नेताहरुले विरोध मन्तव्य व्यक्त गरेका थिए ।


विरोध सभाको सञ्चालन खगेन्द्र छन्त्यालले गरेका थिए । कार्यक्रममा ओली सरकारका विरुद्ध चर्का नाराबाजी समेत भएका थिए ।