नेवाः राष्ट्रिय मुक्ति मोर्चा ३ नं. प्रदेशको सम्मेलन सम्पन्न, अध्यक्षमा श्रीकृष्ण सुलु निर्वाचत

प्रकाशित मिति : २०७६ पुस २७


ललितपुर । नेकपा (क्रान्तिकारी माओवादी) निकट नेवाः राष्ट्रिय मुक्ति मोर्चा, नेपाल ३ नं. प्रदेशको प्रथम सम्मेलन भव्य रुपमा सम्पन्न भएको छ । क्रान्तिकारी माओवादीका स्थायी समिति सदस्य तथा देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपालका केन्द्रीय अध्यक्ष सीपी गजुरेलको प्रमुख आतिथ्यतामा सम्पन्न सम्मेलनले श्रीकृष्ण सुलुको नेतृत्वमा केही सदस्य पछि थप्ने गरी ३१ सदस्सीय प्रदेश कमिटि निर्वाचित गरेको छ ।

निर्वाचित कमिटिमा अध्यक्ष श्रीकृष्ण सुलु, उपाध्यक्ष जगदीश्वर महर्जन, सचिव सपना राजथला, सहसचिव तिलक श्रेष्ठ र कोषाध्यक्ष रत्न महर्जन रहेका छन् भने सदस्यहरुमा बोजराज श्रेष्ठ, गोपालदास श्रेष्ठ, ज्ञानेन्द्र प्रजापति, गंगा मानन्धर, अजय बज्राचार्य, निरन तुलाधर, भाजुरत्न शाक्य, प्रेम महर्जन, कृष्ण प्रसाद घेमसु, अर्पना श्रेष्ठ, रविन्द्र श्रेष्ठ, गुणराज श्रेष्ठ लगायत रहेका छन् ।

सुर्यबहादुर नकर्मी, सुर्य श्रेष्ठ, गंगा मानन्धर रहेको एक अध्यक्ष मण्डल बनाइएको थियो । अध्यक्ष मण्डलले बन्दसत्र सञ्चालन गरेको थियो । बन्द सत्रमा शिव श्रेष्ठले प्रस्तुत गरेको प्रतिवेदन छलफलपछि एकमतले पारित भएको थियो । मोर्चाका केन्द्रीय अध्यक्ष पवनमान श्रेष्ठले प्रस्तुत गरेको प्यानल एकमतले पारित गरेको थियो ।

नवनिर्वाचित टिमलाई मोर्चाका केन्द्रीय उपाध्यक्ष गोर्की श्रेष्ठले बधाई दिएका थिए भने नवनिर्वाचित कमिटिको तर्फबाट श्रीकृष्ण सुलुले प्रतिबद्धता मन्तव्य राखेका थिए ।

यसअघि सम्पन्न भएको उद्घाटन सत्रलाई सम्बोधन गर्दै प्रमुख अतिथि सीपी गजुरेल, नेवाः मोर्चाका केन्द्रीय अध्यक्ष तथा विशेष अतिथि पवनमान श्रेष्ठ, क्रान्तिकारी माओवादीका पीवीएम तथा ३ नं. प्रदेशका सचिव प्रवेश, अखिल नेपाल राष्ट्रिय शिक्षक संगठनका केन्द्रीय अध्यक्ष विजयरत्न बज्राचार्य, क्रान्तिकारी युवा लिगका उपाध्यक्ष तथा ३ नं.प्रदेश अध्यक्ष केशव ढलकोटी, अखिल (क्रान्तिकारी)की उपाध्यक्ष तथा ३ नं. प्रदेश संयोजक शिलु न्यौपाने, अखिल नेपाल महिला संघ (क्रान्तिकारी) की सचिव रुपा गेलाल, तामाङ राष्ट्रिय मुक्ति मोर्चाका महासचिव सुरेश तामाङ, क्रान्तिकारी माओवादीका सल्लाहकार सुर्यबहादुर नकर्मी, अखिल नेपाल आदिवासी जनजाति महासंघका प्रतिनिधि कपिल पुन लगायतका नेताहरुले सम्मेलन सफलताको शुभकामना मन्तव्य दिएका थिए ।

नेवाः मोर्चाका महासचिव समेत रहेका प्रदेश संयोजक शिव श्रेष्ठको अध्यक्षता र श्रीकृष्ण सुलुको सञ्चालनमा सम्पन्न उद्घाटन सत्रमा मोर्चाका उपाध्यक्ष गोर्की श्रेष्ठ लगायतका नेताहरुको उपस्थिति रहेको थियो ।