सीमा अतिक्रमणविरुद्ध देजमाेसहित चार दलकाे २५ गते पाेखरामा अन्तरक्रिया 

प्रकाशित मिति : २०७६ पुस २२

 

काठमाडौं । नेकपा (क्रान्तिकारी माओवादी) काे क्रान्तिकारी संयुक्त मार्चा  देशभक्त जनगणतान्त्रिक मोर्चा नेपाल गण्डकी प्रदेशकाे पहलमा समाजवादी पार्टी, राष्ट्रिय जनमोर्चा नेपाल र नेकपा(माले)को पुस २० गते बसेको बैठकले “सीमा समस्या र लिम्पियाधुरा” विषयक प्रादेशिक स्तरीय अन्तरक्रिया कार्यक्रम गर्ने निर्णय गरेको छ ।

चार दलको बैठकले यही पुस २५ गते पोखराको मुक्तिनाथ लेकाली होटेल, राष्ट्रबैंक चोकमा बिहान ११:३० बजे संयुक्त अन्तर्क्रिया कार्यक्रम गर्ने निर्णय गरेको छ ।

नेपालकाे लिम्पियाधुरा, लिपुलेक र कालापानी लगायतकाे क्षेत्रलाई भारतले अाफ्नाे भूभागमा गाभी नयाँ नक्सा जारी गरेपछि सच्चा देशभक्त कम्युनिय्ट क्रान्तिकारीहरुले विराेध र प्रतिराेधमा निरन्तर आन्दाेलन गर्दै आएका छन् ।