चितवन । नेवा राष्ट्रिय मुक्ति मोर्चा चितवनको सोमबार भएको जिल्ला भेलाले रविन्द्र श्रेष्ठको अध्यक्षतामा १३ सदस्यीय समिति गठन गरेको छ । जसको उपाध्यक्षमा शोभा श्रेष्ठ, सचिवमा गुणराज श्रेष्ठ, कोषाध्यक्षमा रामबहादुर श्रेष्ठ चयन हुनु भएको छ ।
भेला रविन्द्र श्रेष्ठको अध्यक्षता र गुणराज श्रेष्ठको सञ्चालनमा भएको थियो । भेलामा नेकपा क्रान्तिकारी माओवादी चितवनको इन्चार्ज विकास, जिल्ला सेक्रेटरी हेमन्त, राप्ती, खैरहनी नगर इन्चार्ज अल्पविराम लगायतले शुभकामना व्यक्त गर्नुभएको थियो ।
त्यसैगरी गुणराज श्रेष्ठको संयोजकत्वमा १७ सदस्यीय राप्ती नगर कमिटि पनि गठन भएको छ ।

हार्दिक शुभकामना !

कार्यक्रममा पार्टीका जिल्ला सदस्य किरण सुनार, कमला श्रेष्ठ लगायतको सहभागिता रहेको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर