
काठमाडौं । उखु किसानको जारी आन्दोलनप्रति नेकपा (क्रान्तिकारी माओवादी) निकट अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी) लगायत चारवटा किसान संगठनले ऐक्यवद्धदा दृढ ऐक्यबद्धता जाहेर गरेका छन् । ऐक्यबद्धता जाहेर गर्ने अन्य संगठनहरुमा अखिल नेपाल किसान महासंघ, अखिल नेपाल किसान यूनियन र अखिल नेपाल प्रगतिशील किसान संघ रहेका छन् ।
चारवटै संगठनहरुले एक वक्तव्य जारी गर्दै भनेका छन्, “चिनी कारखाना मालिकले नेपालका ऊखु किसानलाई तिर्नु पर्ने बक्यौता रकम लामो समयदेखि बर्षैपिच्छे तिर्न बाँकी राखेर किासनलाई झुलाउदै आएकोमा त्यस्तो रकम ब्याज र हर्जान समेत तुरुन्तै किसानलाई भुक्तानी दिनु पर्ने जोडदार माग पटक पटक गर्दै आएका छौं । किसानले समयमा ऊखको मूल्य भुक्तानी नपाएको यसै समस्यालाई लिएर अहिले सर्लाहीका ऊखु किसानहरु यो अत्यधिक चीसो मौसमा सर्लाहीदेखि काठमाण्डौसम्म आएर माइतीघर मण्डलामा आन्दोलनरत छन् । हामी ऊखु किसानको यो अत्यन्तै जायज माग र आन्दोलनप्रति दृढ ऐक्यबद्धता जनाउँदछौ र सरकारले तुरुन्तै चिनी मिल मालिकले किसानको तिर्न बाँकी रकम हर्जाना र ब्याज सहित भुक्तानी दिलाउन ठोस र प्रभाबकारी भूमिका खेलोस् भन्दै जोडदर भन्ने पुनः जोडदार माग गर्दछौं ।”
वक्तव्यमा अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी)को तर्फबाट सीताराम तामाङ, किसान संगठनको तर्फबाट लोकनारायण सुबेदी, अखिल नेपाल किसान यूनियनको तर्फबाट भैरव रेग्मी, अखिल नेपाल किसान महासंघको तर्फबाट कृष्ण रानाले हस्ताक्षर गरेका छन् ।
यस्तो छ वक्तव्यको पूर्णपाठ :
‘आन्दोलनरत ऊखु किसानप्रति चार किसान संगठनको दृढ ऐक्यबद्धता
हामी अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी), अखिल नेपाल किसान महासंघ, अखिल नेपाल किसान यूनियन र अखिल नेपाल प्रगतिशील किसान संघ चिनी कारखाना मालिकले नेपालका ऊखु किसानलाई तिर्नु पर्ने बक्यौता रकम लामो समयदेखि बर्षैपिच्छे तिर्न बाँकी राखेर किासनलाई झुलाउदै आएकोमा त्यस्तो रकम ब्याज र हर्जान समेत तुरुन्तै किसानलाई भुक्तानी दिनु पर्ने जोडदार माग पटक पटक गर्दै आएका छौं । किसानले समयमा ऊखको मूल्य भुक्तानी नपाएको यसै समस्यालाई लिएर अहिले सर्लाहीका ऊखु किसानहरु यो अत्यधिक चीसो मौसमा सर्लाहीदेखि काठमाण्डौसम्म आएर माइतीघर मण्डलामा आन्दोलनरत छन् ।
हामी ऊखु किसानको यो अत्यन्तै जायज माग र आन्दोलनप्रति दृढ ऐक्यबद्धता जनाउँदछौ र सरकारले तुरुन्तै चिनी मिल मालिकले किसानको तिर्न बाँकी रकम हर्जाना र ब्याज सहित भुक्तानी दिलाउन ठोस र प्रभाबकारी भूमिका खेलोस भन्ने पुनः जोडदार माग गर्दछौं । यस कुरामा आलेटाले गरेर मिल मालिकले जस्तै सरकारले पनि किसानलाई झुलाउने काम बन्द गरी ऊखु किसान उनीहरुले पाउनु पर्ने उखुको भुक्तानी तुरुन्तै दिलाओस् र यसरी किसानलाई पीडा दिने काम बन्द गराओस् तथा किसानले यस सन्दर्भमा दिने भनिएको सरकारी अनुदान तुरुन्त प्रदान गरोस समेत भन्ने माग गर्र्दै हरेक बर्ष सरकारले ऊखु उत्पादनमा बढ्दो लागतको आधारमा उखुको उच्चतम् मूल्य तोकोस र यसरी उखुको मूल्य समयमा नपाउँदा र अन्य कारणले ऊखु खेतीमा किसानलाई नोक्सानी हुँदा सरकार र चिनी मील मालिकले त्यो नोक्सानी भरपाई गर्ने गरी ऊखु खेतीको बीमा ब्यवस्था साथै तथा ऊखु खेती गर्ने किसानलाई थप प्रोत्साहन तथा राहतको ‘प्याकेज’ घोषणा गरोस् भन्ने समेत माग गर्दछौं ।”






























