यो पश्चगामी व्यवस्थाको संसददेखि स्थानीय सम्मका तीनै तहका निर्वाचनलाई उपयोग गर्ने संदर्भमा नेपालको राजनीतिमा केही चर्चामा आएको देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपाल अहिलेसम्म आइपुग्दा नेपाली समाजको अग्रगामी परिवर्तनको निमित्त संघर्षरत एउटा क्रान्तिकारी शक्तिका रुपमा परिचित भएको छ । मुख्य दुईवटा प्रतिकृयावादी पार्टीलाई स्थापित गराएर एउटालाई सत्तामा र अर्कोलाई प्रतिपक्षमा राख्ने, सत्तामा बसेको पार्टी जनताका वीचमा बढी नांगिएपछि अर्कोलाई विकल्पका रुपमा अघि सार्ने र त्यो पनि सत्तामा गएपछि त्यसैगरी नांगिने र त्यसको विकल्पमा फेरी त्यही पहिले नांगिएको पार्टीलाई अघि सार्ने संसदीय व्यवस्थाको नीति रहँदै आएको छ । हरेक चार पाँच वर्षमा चुनाव गराइरहने र यो चक्रलाई घुमाइरहने । यसैलाई प्रतिकृयावादीहरु “स्थिरता” र “स्थायीत्व”को संज्ञा दिने गर्दछन् । नेपालमा निर्वाचनको समयमा दर्ता भएका झण्डै १२० दलहरु मध्ये यतिखेर आधा दर्जन जति पार्टीहरु मात्र बाँकिरहेका छन् । थ्रेस होल्डको व्यवस्थाले अरु सबैलाई खाइदिएको छ ।

संसदीय होइन क्रान्तिकारी पहिचान भएको एउटा पार्टीका रुपमा कृयाशील रहने र त्यसैरुपमा स्थापित हुने हाम्रो प्रयास हो । त्यसै रुपमा परिचित हुनु र उभिइरहन सक्नु पनि एक हिसाबले महत्वको विषय हो । यसको अस्तित्वलाई नै समाप्त पार्ने पश्चगामी षड्यन्त्रलाई चिर्दै यो आफ्नो गन्तव्यमा अघि बढिरहेको छ । एउटा क्रान्तिकारी संयुक्त मोर्चाको भूमिकालाई क्रमशः यसले लागु गर्दै गएको छ ।

हार्दिक शुभकामना !

मेची महाकाली अभियान
भारत सरकारले नेपाली भूभाग लिम्पियाधुरा, कालापानी र लिपुलेकलाई आफ्नो सीमा भित्र पारेर बनाएको नक्सालाई नेपाल सरकारका मंत्रालय, महानगरपालिका, नगर पालिका आदिमा सम्मानका साथ झुण्डउने गरिएको थियो । ती नक्साहरु हटाउने अभियान ने क पा (क्रान्तिकारी माओवादी), क्रान्तिकारी युवालिग र देशभक्त जनगणतान्त्रिक मोर्चाले संयुक्त रुपमा संचालन गरेका थिए । २०७५ साल फागुन ७ गते पूर्वको काँकडभिट्टा र पश्चिमको गड्ढा चौकी अनि देशको राजधानी काठमाडौं र गण्डकी प्रदेशको राजधानी पोखरामा एकसाथ उद्घाटन गरिएको ‘मेची महाकाली अभियान’ले देशलाई नै झक्झक्याउने काम गरेको थियो । कथित “कम्युनिष्ट” नामधारी सरकार र यो राज्य व्यवस्थाका साथै संविधानको जन विरोधी र राष्ट्रविरोधी चरित्रको पर्दाफास गरिएको थियो । मेची महाकाली अभियानका दौरानमा भारतले नेपाली भूभागलाई गाभेर प्रचारमा ल्याएको नक्कली नक्सा र नेपालको भूभाग नेपाली सीमा भित्रै पारेर तयार पारिएको सक्कली नक्सा, दुबैलाई खुला गाडीमा राखेर यी दुईवटा नक्साको वीचमा तुलना गरेर जनतालाई बुझाउने र नेपाली जनतामा देशभक्तीको जागरण पैदा गराउने काम गरिएको थियो । यसका साथै एउटा सार्वभौम राष्ट्र नेपालको भूभाग कालापानीमा सन् १९६२ देखि नै भारत सररकारले सेना तैनात गरेर ब्यारेक नै बनाएर बसेको र त्यसलाई अविलम्ब हटाउनु पर्छ भन्ने विषय समेत स्पष्ट पार्ने प्रयास गरिएको थियो । मेची महाकाली अभियानले राष्ट्रिय स्वाधिनताको आन्दोलनको तयारीमा जनताको एउटा हिस्सालाई आकर्षित गरेको थियो ।

उप निर्वाचन वहिष्कार प्रकरण
हुनत ०७६ साल मंसिर १४ गते आयोजित उप निर्वाचन संघीय संसदको एक सिट र केही प्रदेश संसद र धेरै जसो स्थानीय निकायका लागि गरिएको थियो । त्यो निर्वाचनको परिणामले सरकार बनाउने वा फेर्ने काममा खासै भूमिका खेल्न सक्ने स्थिति थिएन । फेरी पनि निर्वाचनमा भाग लिने कि वहिष्कार गर्ने भन्ने विषय राष्ट्रिय राजनीतिको विषय भएकोले यसबारे दे ज मो ले गर्ने राजनीतिक निर्णयको महत्व हुनु स्वभाविक थियो । यो उप निर्वाचनलाई केन्द्रीय समितिले सकृय वहिष्कार गर्ने निर्णय ग¥यो । वहिष्कारको स्वरुप मुलतः प्रचारात्मक र भण्डाफोरलाई प्राथमिकता दिने किसिमको थियो । संगठनले वहिष्कारको नीतिलाई देशभर प्रचार गर्ने र भण्डाफोर अभियानलाई निर्वाचन हुने स्थानमा घनिभूत रुपमा अघि बढाउने योजना बनाएको थियो ।

उपरोक्त निर्णयलाई कार्याण्वयन गर्ने सिलसिलामा धरान, दाड.्, सल्यान, भक्तपुर लगायतका ठाउँहरुमा यो सरकारले प्रहरी हस्तक्षेप गरी केन्द्रीय सचिवालय सदस्य, केन्द्रीय समिति सदस्य लगायतका नेता र कार्यकर्ताहरुलाई हत्कडी समेत लगाएर यातना दिने काम गरेको थियो । यो दमनको व्यापक विरोध हुनुका साथै प्रचार प्रसार पनि राम्रै सँग भएको थियो । यो सरकारको फासीवादी चरित्रलाई पर्दाफास गर्न यसले राम्रो भूमिका खेलेको थियो ।

राष्ट्रिय स्वाधिनताको प्रश्न
माथि उल्लेख गरिसकिएको छ कि दे ज मो ले आजभन्दा झण्डै एक वर्ष अघि भारतीय अतिक्रमणको विरुद्ध देशव्यापी मेची महाकाली अभियान संचालन गरेको थियो । त्यस विषयमा थोरै मात्र जनताले यसबारे ध्यान दिएका थिए । हामीले त्यतीखेर अन्य राजनीतिक पार्टी वा संघ संस्थाहरुबाट समर्थन र सहयोग प्राप्त गर्न सकेका थिएनौं । तर, आज भारत सरकारले त्यही नक्सा भिन्न प्रसंगमा प्रकाशित गरी वितरण गरेको छ । हिन्दु कट्टरपन्थी मोदी सरकारले भारतको संविधानको धारा ३७० लाई खारेज गरेर जम्मु काश्मिर प्रदेशलाई काश्मिर र लद्दाख दुई केन्द्र शासित प्रदेशमा विभाजित ग¥यो । त्यसपछि त्यसलाई प्रतिविम्वित गर्ने गरी भारतको नयाँ नक्सा निकाल्ने सिलसिलामा पुनः नेपालको अखण्ड भूभाग लिम्पियाधुरा, कालापानी र लिपुलेकलाई पनि भारत भित्रै पारेर सिमांकन गरियो नक्सा तयार पारियो । त्यही विषय एकवर्ष अघि हामीले उठाइरहँदा खासै ठुलो प्रतिकृया देखिएको थिएन । तर, यस पटक यो घटनाले नेपाली देशभक्तहरुलाई उद्वेलित बनायो । हामीले जुन विषय एक वर्ष अघि उठाएका थियौं, आज त्यो विषय राष्ट्रको मुख्य एजेण्डा बनेको छ । हाम्रो लागि यो भन्दा खुसीको विषय अरु के हुन सक्छ र ?

हामीले ठानेका छौं कि हाम्रो जिम्मेवारी अब निकै बढेको छ । देशभक्त जनगणतान्त्रिक मोर्चाले भारतद्धरा अतिक्रमित लिम्पियाधुरा, कालापानी, लिपुलेकका साथै पहिले देखि मिचिँदै आएका सुस्ता, महेशपुर लगायतका सबै भूभागलाई भारतीय अतिक्रमणबाट मुक्त गर्नु पर्दछ भन्ने अभियान देशै भरी संचालन गर्दै आएको छ । हामी यो देशभक्तीपूर्ण आन्दोलन सबै सच्चा देशभक्तहरुका साथमा मिलेर अघि बढाउने प्रयास गरिरहेका छौं । हाम्रा कार्यक्रममा जन सहभागिता बढ्दै गएको छ । यो देशभक्तिपूणर््ा संघर्षले अहिलेनै जन आन्दोलनकै रुप त लिइसकेको छैन । तर, त्यो दिशातिर अघि बढिरहेको छ । केही समयमै यसले जन आन्दोलनको रुप लिन सक्ने संकेतहरु देखा परेका छन् ।

अन्तर्राष्ट्रिय भूमिका
राष्ट्रिय स्तरमा देशभक्त जनगणतान्त्रिक मोर्चाले खेलेको भूमिकाका विषयमा माथि केही चर्चा गरियो । देशभक्त जनगणतान्त्रिक मोर्चाले देशभित्रका वर्गीय, जातीय, लिंगिय, क्षेत्रीय उत्पीडनका विरुद्ध संघर्ष गर्न चाहनेहरु सँग एकाकार भएर आन्दोलन उठाउने प्रयत्न गरेको छ । यो आन्दोलनले अन्तर्राष्ट्रिय समर्थन पायो भने यसको सफलता बढी सुनिश्चित हुन्छ । यतिखेर पनि भारतीय अतिक्रमण र नक्साको विषयलाई अन्तर्राष्ट्रियकरण गर्नु पर्ने आवश्यकतावोध सर्वत्र भैरहेको छ । यसका साथै हामी विश्वलाई नै शोषण र उत्पीडनबाट मुक्त पार्न चाहन्छौ । संसारका जनता र कमजोर राष्ट्रहरु माथि दमन उत्पीडन गर्ने शक्ति र संस्था साम्राज्यवाद हो । त्यसैले हामीले आफ्नो लक्ष हासिल गर्न सशक्त साम्राज्यवाद विरोधी मोर्चा बनाउनु पनि आवश्यक छ । यस प्रकारको मोर्चा बनाउने काममा पनि हामी लागिरहेका थियौं ।

यस सन्दर्भमा विश्वस्तरमा साम्राज्यवाद विरोधी शक्तिहरुलाई गोलवन्द गर्ने प्रयासमा लागिरहेको संगठन ‘क्रान्तिकारी पार्टी र संगठनहरुको अन्तर्राष्ट्रिय संयोजन’ (International Coordination of Revolutionary Parties and Organisation) (ICOR) मा हामी विधिवत् सामेल भएका छौं । केही महिना अघि मात्र ICOR को आधिकारिक समितिले हाम्रो संगठनलाई सदस्यता र भूमिका दिने निर्णय गरेको हो । यसमा ६ वटै महादेशका केही संगठनहरुको सहभागिता छ । संसारका ४० भन्दा बढी पार्टीहरु यसमा समावेश छन् । यो साम्राज्यवाद विरोधी खुला र खुकुलो प्रकारको संगठन हो । यसमा माक्र्सवाद–लेनिनवाद–माओवादलाई मार्गदर्शक सिद्धान्त मान्ने देखि लिएर सामान्य साम्राज्यवाद विरोधी संगठनहरु पनि सामेल छन् । यो संगठनको माध्यमबाट हामी साम्राज्यवाद र विस्तारवादका नेपाल माथि भएका र हुने गरेका हस्तक्षेप र अतिक्रमणका विरुद्ध अन्तर्राष्ट्रिय रुपमा आवाज उठाउन सक्दछौं । हाम्रा विचार र समस्याहरु अन्तर्राष्ट्रियकरण गर्नका निमित्त यो एउटा राम्रो माध्यम हो । त्यसैले यसलाई दे ज मो ले एउटा थप उपलव्धिका रुपमा लिएको छ । यसका विषयमा र यसका गतिविधिका विषयमा विस्तृत जानकारी गराउँदै जाने छौं ।
२०७६ पौष १३ गते ।

प्रतिक्रिया

सम्बन्धित खवर