काठमाडौ । नेकपा (क्रान्तिकारी माओवादी)का स्थायी समिति सदस्य तथा देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपालका महासचिव परि थापाले राष्ट्रिय स्वाधीनता, सार्वभौमिकता र क्षेत्रीय अखण्डताको रक्षाका लागि आफूहरु सडकमा उत्रिएको बताएका छन् ।

हार्दिक शुभकामना !

लिम्पियाधुरा, लिपुलेक, कालापानी लगायत भूमि भारतमा गाभेको विरोधमा ज्ञापन पत्र बुझाउन जाँदा केपी ओली नतृत्वको ओली सरकारले मोर्चाका नेता कार्यकर्तामाथि निर्मम दमन गरेर विस्तारवादी र साम्राज्यवादी शक्तिहरुलाई खुशी पार्न खोजेको टिप्पणी गरे ।

देशको राष्ट्रिय स्वाधीनता गम्भीर खतरामा पुगेको विश्लेषण गर्दै महासचिव थापाले भारतीय हस्तक्षेपका विरुद्ध क्रान्तिकारी माओवादीले ‘कालापानी जाऔं’ अभियान सञ्चालन गर्ने तयारी गरिरहेको समेत बताए ।

राष्ट्रिय स्वाधीनताका लागि सबै देशभक्त क्रान्तिकारीहरु एकजुट भएर आन्दोलनलाई सशक्त रुपमा अगाडि बढाउनु पर्ने आवश्यकतामाथि जोड समेत दिए ।
विरोध प्रदर्शनमा क्रान्तिकारी माओवादी तथा देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपाल सम्बद्ध नेता कार्यकर्ताहरुको उल्लेख्य उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर