काठमाडौं । भारतीय विस्तारवादी हस्तक्षेप र केपी शर्मा ओली नेतृत्वको सरकारको फासिवादी दमनका विरुद्ध देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपाल ३ नं. प्रदेशले आयोजनामा काठमाडौंको शान्तिबाटिका रत्नपार्कमा विरोध प्रदर्शन र सभा सम्पन्न गरेको छ ।


रत्नपार्कमा सम्पन्न भएको विरोध सभालाई मोर्चाका अध्यक्ष सीपी गजुरेल र महासचिव परि थापाले सम्बोधन गरेका थिए । कार्यक्रमको सञ्चालन मोर्चाका कार्यालय सदस्य तथा ३ नं. प्रदेशका अध्यक्ष पवनमान श्रेष्ठले गरेका थिए ।

हार्दिक शुभकामना !


विरोधसभा अघि शान्तिबाटिकाबाट निकालिएको विरोध ¥याली पुरानो बानेश्वर, भृकुटीमण्डप, भद्रकाली, सुन्धरा, नेपाल एयरलायन्स, वीरअस्पताल हुँदै पुनः शान्तिबाटिकामा पुगेर सभामा परिणत भएको थियो । विरोध ¥यालीमा भारतीय विस्तारवाद र ओली सरकारको फासिवादी दमनका विरुद्ध चर्को नाराबाजी गरिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर