काठमाडौं ।  नेत्रविक्रम चन्द ‘विप्लव’ नेकपाकी मेची–कोसी ब्युरो इन्चार्ज उमा भुुजेल शिलुलाई प्रहरीले पक्राउ गरेको छ । शुक्रबार र शनिबार गरी प्रतिबन्धित नेकपाकी मेची–कोसी ब्युरो इन्चार्ज उमा भुजेल र मोरङ इन्चार्ज नरेश चौलागाइँसहित चार जनलाई प्रहरीले नियन्त्रणमा लिएको जनाइएको छ ।

उनीहरूमध्ये दुई जनालाई सुनसरीको चकरघट्टीबाट आजै (शनिबार) बिहान र २ जनालाई मोरङको सोमबारेबाट शुक्रबार पक्राउ गरिएको प्रहरीले जनाएको छ । नेकपा विप्लवकी पोलिटव्यूरो सदस्य समेत रहेकी नेतृ भुजेलसँगै पक्राउ परेकामा मेची–कोसी ब्युरो कार्यालय सचिव सुमन सिंहलगायत रहेका छन् ।

हार्दिक शुभकामना !

केही दिनअघि मात्रै प्रहरीले उदयपुरबाट सगरमाथा ब्यूरो इन्चार्ज देवान राई दिपेश, उदयपुर सेक्रेटरी सुरेन्द्र थापालाई पनि प्रहरीले पक्राउ गरेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर