मानव सभ्यताको इतिहासमा सभ्यताको सुरुवात ज्ञानको विकासबाट भएको थियो । मानव चेतनशिल प्राणी हो । चेतनाले चिन्तनको बाटोतिर दो¥याए, यसरी प्रकृतिबारे जिज्ञासा उठ्नथाले र त्यसको हल गर्ने प्रक्रिया स्वरुप चिन्तनको विकास भयो । यसै चिन्तनको माध्यमबाट ज्ञान प्राप्त भयो । अनि त्यसै ज्ञानलाई प्रयोग गरी सीप र प्रविधि विकास गर्दै समय साप्येक्ष ढङ्गले आवश्यक औजार निर्माण गरी, मानव–समाजको आवश्यक्ता अनुरुप उपभोग्य वस्तुहरुको उत्पादन गर्दै मानव सभ्यतालाई विकशित तुल्याउँदै आएका हुन् । यसैले मानव मात्रलाई यस दुनियाका प्राणिहरु मध्ये सर्वश्रेष्ठ प्राणि कहलिएको हो ।

मानिसहरुको तुलनामा जनावर चराचुरुङ्गी र किरा–फत्याङ्ग्राहरुमा एक प्रकारको चेतना त छ तर उनीहरुमा चिन्तन गर्ने क्षमता छैन । तव त उनीहरु आफुलाई आवश्यक अनुरुप कुनै वस्तु निर्माण गर्न सक्दैन । प्रकृतिमा जे छ त्यसैबाट आफ्नो जीवन निर्वाह गर्ने गर्छन् । वास्तवमा यहि हो मानिस र जनावरहरु बीचको भिन्नता ।

हार्दिक शुभकामना !

हामी प्राणिहरु मध्ये सर्वश्रेष्ठ कहलिएका मानिसहरु, आजको यो २१ औं सताब्दीका जल्दा बल्दा मानिस हौँ भन्न चाहिं पछि नपर्ने तर, चिन्तनबाट बिलकूल बिमुखभई, दुराचार्यहरुबाट फिजाएको छलकपटमै रुमलिएर रनभुल्लमा परी बस्नु के स्वभाएमान हुन सक्छ ? कदापि हुन सक्दैन । किनकी हामी चेतनशिल मात्र हैनौं चिन्तनशिल पनि हौँ । देशमा भए गरेको भनिएका कतिपय विषय वस्तुहरुलाई, यहाँका शक्तिका पुजारी इतिहासकार बुद्धिजीवी भनिएका कतिपय व्यक्ति विशेषहरुले आफ्नो स्वार्थको निम्ति, दुनियाँलाई पंगु बनाउन शक्ति–केन्द्रको जयजयकारलाई नै देशको इतिहास भनी कोर्ने र त्यसलाई सहि साबित गर्न बुद्धिमता छाँत्न हुरुक्क हुनेहरुको यहाँ कमि छैनन् ।

यसै सन्दर्भमा, यहाँ अत्यन्तै महत्वकासाथ इतिहासभित्र कोत्याउन उपयुक्त कुरा के हुन भने, नेपालमा अति महत्वाकांक्षी पूर्व राजा पृथ्वीनारायण शाहले बलमिचाई क्रियाकलाप अर्थात राष्ट्र र राष्ट्रियतालाई अलग–थलग पारी भौगोलिक अतिक्रमण गरी नेपालमा आन्तरिक उपनिवेश खडा गर्न आइपुगेका थिए । त्यसै कार्यलाई यहाँका भजन–मण्डलीहरुले, पृथ्वीनारायण शाहले नेपाल राष्ट्रिय एकिकरण गरेको भनी बढाई चढाई गरी आएका ती शक्तिका पुजारी इतिहासकार भनाउँदाहरु द्वारा व्यक्ति विशेषको गुणगाणयुक्त इतिहासलाई, अत्यन्तै सजिव ढङ्गले ऐतिहासिक प्रमाण सहित डा. तुल्सिनारायण श्रेष्ठद्वारा लिखित ‘नेपालका नेवारहरु पहिचान र पृष्ठभूमि’ नामक पुस्तकको पृष्ठ ९ मा यसरी उल्लेख गर्नु भएको छ – “वास्तवमा तत्कालीन गोरखा राज्यको विस्तारिकरण पश्चात विस्तारित राज्यको नाम “गोरखा” राख्न गरिएको पृथ्वीनारायण शाह र उनका उत्तराधिकारीहरीको प्रयास असफल भएको कुरा इतिहासबाट नै पुष्टि हुन आउँछ । ‘नेपाल सधैँ नेपाल नै रहिरह्यो’ । यस्तो प्रयासकै सन्दर्भमा ‘गोरखा राज्य’ गोरखाली राजा जस्ता शब्दहरु अधिकारिक दस्तावेजहरुमा प्रयोग गरेको बुझिन्छ । उदाहरणको लागि हेर्नुहोस, नेपाल सरकार, मुलुकी सवाल, काठमाडौं, १९९३, योगी नरहरिनाथ र नरेन्द्रमान सिंह बस्नेत (संकलक) इतिहास संधीपत्र संग्रह, काठमाडौं ।

यसै गरी यिनले ‘गोरखा राज्य’ विस्तार गर्ने क्रममा गरेका अनेकौं क्रियाकलापहरु मध्ये सरकारी मुखपत्र ‘गोरखापत्र’, नेपालको मान मर्दन हुने गरी बृटिस भारतसँग गरेको गोरखा भर्ति–केन्द्र जस्ता सन्धि सम्झौता, धार्मिक आस्थामा समेत गोरखाली प्रभुत्व जमाउन बिजया दशमीको नाउँमा गोरखाबाट फुलपाटी ल्याउने प्रथा बसाल्नु र सामाजिक जीवनमा पनि न्याय नपाए गोरखा जानु भन्ने जस्ता सोच लाद्ने प्रक्रियाले नेपाल एकिकरण होइन, गोरखा राज्य विस्तार अभियान नै हो भन्ने प्रस्त्याउँछ ।

हामी सच्चा देशभक्त स्वाभिमानी नेपाली वीरवीराङ्गनका सन्तती हौँ । हामीमाथी कोही कसैले थिचो–मिचो, हस्तक्षेप र अत्याक्रमण गर्ने दुःसाहस गरी आउँछ भने त्यसको विरुद्ध प्रत्याक्रमण (प्रतिरोध) नगरी गुमसुम भई चुपचाप बस्ने हाम्रो पुर्खौली स्वभावैले दिन्दैन । हाल भारतीय विस्तारवादी वर्तमान मोदी भारतीय सरकारले बलमिचाई तरिका अपनाई, हाम्रो प्राणभन्दा प्यारो देश नेपालको स्वतन्त्र सार्वभौमसत्ता भू–अखण्ड राष्ट्रको साँधसीमा मिचेर खुल्लैयाम जम्मु काश्मिरलाई निलेर त केही भएन भने जस्तै गरी नेपालको साँध सीमाभित्रको कालापानी, लिपुलेक र लिम्पियाधुरा क्षेत्रको ३७२ वर्ग किलो मिटर भूभाग आफ्नो राजनैतिक नक्साभित्र पारी डाडागिरीमा उत्रन आउनुको विरुद्ध, देशका सम्पूर्ण राजनैतिक दल एवम् आमजनता एकसाथ एकजुतभई प्रतिरोध संघर्षमा जुझारु ढङ्गले उत्रन थालेका छन्, यसलाई सेलाउन दिनुहुन्न ।

सच्चा देशभक्त स्वाभिमानी नेपालका नेपालीहरु बिना आधार बिना सबुत प्रमाण प्रतिरोध संघर्षमा उत्रेका छ्रैनन् । हामीसँग लिम्पियाधुरा क्षेत्र हाम्रो सार्वभौमसत्ता भू–अखण्डभित्रको साँध सीमा हो भन्ने यथेष्ट ऐतिहासिक सबुत–प्रमाणहरु छन् मात्र हैन, लिम्पियाधुरा, लिपुलेक र कालापानी सीमा विवादका विषयमा १४ वर्ष अघि नै संयुक्त राष्ट्रसंघमा प्रवेश पाएको खुलासा नापी विभागका तत्कालीन महानिर्देशक तोयानाथ बरालले, यो विषय आफुले संयुक्त राष्ट्रसंघको १७ औं कार्टोग्राफि सम्मेलन, एसिया प्यासिफिकमा राखेको जानकारी दिएका छन् । सम्मेलन सन् २००६ सेप्टेम्बरमा थाइल्याण्डको बैंककमा भएको थियो । त्यतिबेला नेपाल सरकारको प्रतिनिधित्व गरी आफुले उक्त कुरा सम्मेलनमा प्रस्तुत गरेको राष्ट्रसंघमा यसको रेकर्ड छ ।

वर्तमानमा यो मुलुकको साँध–सीमा विवाद चुलिरहेको स्थितिमा, त्यो सुगौली सन्धि भन्ने विषय खासमा के हो ? शक्ति पुजारी एवम् भजन–मण्डलिहरुले पारेको रनभुलल भित्रको सुगौली सन्धि हो वा योगी नरहरिनाथले खुलासा गरेको अनुरुपको झुठ–फरेवी भित्रको सुगौली सन्धि हो ? खासमा सुगौली सन्धि के हो ? यो अत्यन्तै राष्ट्रिय महत्वको विषय हो र यस मामलामा हामी दुविधामा पर्नु हुन्न र पर्नु छैन । तसर्थ, सुगौली सन्धी भए गरेकै हो भने त्यो सन्धि–पत्र त दुबै पक्षमा सुरक्षित रहेकै होला खोजेर दुनिया सामु प्रस्त्याउनु जरुरी छ ।

योगि नरहरि नाथ नेपालको भूगोलको बारेमा एक जानकार व्यक्ति हुनुहुन्थ्यो । नेपालको सीमा अतिक्रमणका बारेमा, जङ्गे स्तम्भ, सीमा रेखा दशगजा बारेमा जानकारी भएका व्यक्तित्व हुनुहुन्थ्यो । साथै इतिहासलाई हेर्ने र विश्लेषण गर्ने वहाँको आफ्नै सैली थियो । सीमा क्षेत्रको प्रत्यक्ष स्थलगत र पैदलै पुगेर अध्ययन गर्ने व्यक्तित्व सायद वहाँ नै हुनुहुन्छ । वहाँले पृथ्वीनारायण शाह देखि यता, नेपालले अंग्रेज सरकारसँग, तिब्बतसँग, चिनसँग र बाइसे चौबिसे राज्यहरुले गरेका सन्धिहरुको संग्रह–सन्धिपत्र संग्रह संकलन गरी इतिहासको महत्वपूर्ण अभिलेख संकलनगरी नेपाल र नेपाली जनतालाई ठूलो गुण लगाउनु भएको छ । मेचि–महाकालीको सीमा विवाद बारेमा वहाँसँग ‘जनएकता साप्ताहिक’ले गरेका कुराकानी “नेपालको राष्ट्रियता चुनौति र रक्षाको सवाल” पुस्तकमा साभार गरी उतारिएका योगि नरहरिनाथले ऐतिहासिक पृष्ठभूमिमा उभिएर व्यक्त गरिएको यो महत्वपूर्ण विषय–उक्त पुस्तकको खण्ड दुई पेज नम्बर ४–९ भित्र उदृढ विषयहरु मध्येका केही अंश यस लेखमा समावेश गर्ने काम भएको छ ।

सीमा विवाद समय–समयमा उठिरहन्छ, उठेको थियो । यो विवाद त्यतिखेर पनि उठेको थियो जुन बेला सुगौली सन्धिको चर्चा चल्यो । सुगौली सन्धि भएको थिएन । सुगौली सन्धि भएको होइन गर्नु प¥यो भन्ने प्रस्ताव चलेको थियो । त्यो बेलामा राजा निर्माणयुद्ध देवहसान भएको र ४ वर्षका राजेन्द्र विक्रम गद्दीमा आएको बेला थियो र सम्पूर्ण सैनिकहरु, भारदारहरु पूर्व पश्चिमको युद्धमा भएको अवस्थामा थियो । त्यो कमजोरीको फाइदा लिएर सुगौली सन्धि भन्ने प्रस्ताव अंग्रेजले गरे । त्यसमा एकजना निष्काशित व्यक्ति, एकजना पत्रकार व्यक्तिले हस्ताक्षेर गरेका छन्, जसलाई सन्धि गर्ने अधिकार पनि दिएको थिएन ।

तिनीहरु को हुनभने चन्द्रशेखर उपाध्याय र गजराज मिश्र । तिनीहरुले वहाँको (अंग्रेजको) पत्र लिएर आए । यहाँको पत्र लिएर गए । सन्धिको सीमा निर्धारण गर्न उनीहरुलाई अधिकार थिएन । यस्ता पत्रको दुई प्रकारको राजदुत हुन्छ । एउटा सन्देशहार, अर्को हुन्छ निशार्थ । जस्तो बहादुर शाहको शासनकालमा दामोदरलाई चीन पठाउँदा दिएको अधिकार निशार्थ थियो । यो सर्वाधिकार थियो । तर यिनीहरुलाई भने कुनै निर्णय गर्ने अधिकार थिएन । पत्रहार (दुत) मात्र थिए । तिनले यहाँबाट (सुगौली नामले सुगौली पनि बसेर) पत्र पठाएका थिए । राजा बालक, परिवार सिपाईहरु मात्र, अरु सबै ठगहरु र सम्पूर्ण भारदारहरु पूर्व पश्चिमको काँगडा किल्लादेखि लिएर कामरु कामक्षसम्म युद्धमा थिए । पत्रहारहरु यस्तो बेलामा अचानक यो पत्र लिएर आए । यो पत्रको उत्तर दिने मान्छे पनि छैन, पत्रमा लालमोहर लगाउने र हस्ताक्षेर गर्ने पनि छैन । हाम्रा सैनिकहरु अगाडि बढ्दै छन् । हाम्रो सीमा परसम्म छ, युद्धमा विजय हुँदैछ, यस्तो बेलामा सन्धि गर्ने चलन छैन भनेर यहाँबाट हस्ताक्षेर नगरी र लालमोहर नलगाई पत्र फर्काइयो । यसलाई फिर्ता लगेर उनीहरले अंग्रेजलाई दिए । अंग्रेजहरुले सन्धिमा हस्ताक्षेर भयो, सन्धि भयो भनेर हचुवा भरमा हल्ला मच्चाएर एकतर्फी निर्णय गरे । एकतर्फी निर्णय गर्दा पनि तीन जनाको हस्ताक्षेर देखाए । उतापट्टिको एकजना र यता पट्टीको तीनै दुवैजना पत्रहार (दुत) मात्र छन् ।

युद्धको उथलपुथलको समयमा सन्धि भयो भनी हल्ला मच्चाएर अंग्रेजहरुले त्यसै हचुवामा भनेका हुन्, उनीहरुको स्वार्थका लागि । सन्धि भएको छैन, हस्ताक्षेर भएको छैन, जनताले र राजाले मान्यता दिएका छैनन् । दुई राष्ट्र एक अर्कामा सँग बसेर गरेको काम मात्र मान्यता हुन्छ । राष्ट्र प्रमुख त्यस बेला जुतेका थिएनन् विशेष अङ्ग बाहिर थियो । त्यसकारणले त्यो प्रस्तावित मात्र हो त्यसलाई सन्धि भएको हामीले मान्न सक्दैनौं ।

सुगौली सन्धि भएको छैन, पास भएको छैन, अंग्रेजले त्यसै हलला गरेको हो भन्ने नेपाली पक्षबाट भन्दाभन्दै पनि अंग्रेजहरुले एकतर्फी रुपमा गरेको हल्लाले युद्धलाई नराम्रो प्रभाव पा¥यो । त्यो सन्धिको हल्ला चलेको (विक्रम सम्वत् १९७२) एक वर्ष पछि सीमामा गएका साथीहरु, सैनिकहरु, भिमसेन थापाहरु आएपछि सभा बस्यो । अंग्रेजले यस्तो यस्तो ल्याएको थियो, हामीले फर्कायौं भन्ने थाहा भएपछि एकतर्फबाट सन्धि हुँदैन, यो लाछि सन्धिलाई कसैले पनि मान्यता दिंदैन भन्ने निर्णय भयो ।

सन्धि भयो भनेको ९४ वर्षपछि केशव गुरुङ्गले नक्सा ठीक गरेको हो । सैनिक हो त्यो केशव गुरुङ्ग, केशव गुरुङ्गको हातले बनाएको नक्सा यहाँ पनि छ । ठीक तरिकाले बनाएको हुनाले दुवैतिरका जनताले उसलाई पाँच समय विगा जमिन देहरादुनमा विर्ता दिएको छ । अहिले देहरादुनमा केशवका सन्तानहरु छँदैछन् । उसको तामपत्र छ, लालमोहर छ, सबै छ केशव गुरुङ्गले सिङ्गो (सम्पूर्ण) राष्ट्रको नक्सा बनाएको हो ।

यसै सम्बन्धमा अझ बढी महत्वको विषय त के हो भने –“सन् १९५० जुलाई ३१ मा भएको नेपाल भारत बीच शान्ति तथा मैत्री सन्धिको धारा ८ मा यो सन्धि भएको मिति भन्दा पहिले भारत सरकारका तर्फबाट नेपाल सरकार र बेलायत सरकार बीच भएका सबै सन्धि पत्र, स्वीकारपत्र र कबुलनामाहरुलाई खारेज गरेको अवस्था र ३० अक्टोवर सन् १९५० को नेपाल बेलायत बीच भएको सम्झौता धारा ८ मा पनि काठमाडौंमा भएको २१ दिसेम्बर १९२३ को सन्धि तथा यस पूर्वका सम्पूर्ण सन्धिहरु व्यवस्थाहरु र सम्झौताहरु वर्तमान सन्धि लागू भएसँगै कार्यरुपमा प्रयोग हुनुबाट बञ्चित गरिएको प्रावधान छ ।
बेलायतको संसदले १८ जुलाई १९४७ मा पारित गरेको ‘इण्डिया इन्डीपेन्डेन्ट ऐक्ट’ मा स्पष्ट रुपमा हामी जुन अवस्थामा भारत आएका थियौं, त्यही अवस्थामा छाडेर जान्दैछौं भनी लेखिएको निर्णय छ ।

भारत, बृटिस साम्राज्यवादबाट स्वतन्त्र भएपछि नेपालको भूभाग भारतको अधिनमा रहने भन्ने कुनै सन्धि सम्झौता वा समझदारी भएको छैन र त्यस्तो कुनै प्रावधान नभएकाले अंगेजले हडपेको जमिन नेपालको साँध सीमा हामीले हाम्रो प्राणभन्दा प्यारो देश नेपालको सार्वभौमसत्ता भू–अखण्ड राष्ट्रको पूर्ववत विशाल नेपालको साँध सीमा तत्वल्दै सुरक्षार्थ सच्चा देशभक्त स्वाभिमानी आम–नेपाली एकजुत भई निरन्तर अगाडि बढ्नु आजको अनिवार्य शर्त हुनुसँगै यो राष्ट्रिय आवश्यक्ता पनि हो र हाम्रो यो राजनैतिक दायित्व पनि हो ।

२०७६÷७÷२९
ताहाचल, काठमाडौँ

प्रतिक्रिया

सम्बन्धित खवर