काठमाडौँ । सत्तारुढ डबल नेकपाका नेताहरुले एमसीसी (मिलेनियम च्यालेन्ज कर्पोरेसन) र इन्डो प्यासिफिक मिलिटरी मिसन एकै नभएको र विशुद्ध आर्थिक परियोजना भएको दाबी गरिरहेको बेला काठमाडौंस्थित अमेरिकी दूतावासले एमसीसी परियोजना इन्डो प्यासिफिक मिलिटरी मिसनकै एक अंग भएको प्रष्ट पारेको छ । अमेरिकी सबै कार्यक्रमहरू यही स्ट्राटेजीअन्तर्गत सञ्चालन भइरहेको दूतावासले जनाएको छ ।

हार्दिक शुभकामना !

‘इन्डो–प्यासिफिक स्ट्राटेजी अमेरिकी नीति हो र यो यस क्षेत्रमा गर्ने हरेक कामका लागि दिइएको नाम हो,’ दूतावासका अधिकारी कार्ल रोजर्सले एक राष्ट्रिय दैनिकसँग कुरा गर्दै भनेका छन्, ‘यो कुनै संगठन वा गठबन्धन होइन, न नेपाल वा अन्य कुनै देशलाई यसमा सहभागी हुन नै भनिएको छ ।’ इन्डो–प्यासिफिक सहभागी देशकै हितका लागि तय गरिएको नीति भएको उनले बताए । ‘यस नीतिअनुसार नेपाल बलियो हुँदा अमेरिका बलियो हुन्छ, नेपाली स्वस्थ हुँदा अमेरिकी स्वस्थ हुन्छन्,’ उनी भन्छन्, ‘नेपालको सार्वभौमिकता सबल भयो भने अमेरिकाको सार्वभौमिकता पनि सबल हुन्छ किनभने इन्डो–प्यासिफिक रणनीति भनेकै स्वहित हो ।’

तर इन्डो प्यासिफिक मिलिटरी मिसन भएको र त्यस अन्तर्गतको एमसीसी परियोजना स्वीकार गर्नु भनेको नेपाल अमेरिकी सैन्य क्याम्पमा आबद्ध हुन पुग्नु हो र इन्डोप्यासिफिक रणनीति चीनलाई घेर्ने रणनीति भएकोले त्यस्तो रणनीतिमा सहभागी हुँदा नेपालको सार्वभौमिकता गम्भीर खतरामा पर्ने भन्दै नेकपा (क्रान्तिकारी माओवादी) लगायत राजनीतिक पार्टीहरुले विरोध गरिरहेका छन् । सत्तारुढ डबल नेकपाभित्र पनि केही नेताहरुले एमसीसी संसदबाट पास गर्न नहुने भन्दै आवाज उठाइरहेका छन् ।

तर पूर्व एमाले (भीम रावलहरु बाहेक) र पूर्व माके (देव गुरुङहरु) बाहेक र नेकाका नेताहरु एमसीसी संसदबाट पास गर्नुपर्ने पक्षमा रहेका छन् ।
नेपालले पञ्चशील र असंलग्न पराराष्ट्र नीति अंगिकार गर्दै आएको र छिमेकी तथा अन्य राष्ट्रहरुसँग समुदूरीको सम्बन्ध राख्दै आएकोमा एमसीसी परियोजना स्वीकार गरे वा संसदबाट पास गर नेपाल त्यो परराष्ट्र नीति अख्तियार गर्ने हैसियतबाट च्युत हुँदै अमेरिकी सैन्य मिसनको अंग हुन पुग्ने र आफ्नो स्वतन्त्र हैसित सँदाका लागि गुमाउने भन्दै यो परियोजनाको चर्को विरोध भइरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर