नवलपरासी । नेकपा (क्रान्तिकारी माओवादी)का स्थायी समिति सदस्य तथा देशभक्त जनगणतान्त्रिक माेर्चा, नेपालका अध्यक्ष सीपी गजुरेलले एमसीसी अमेरिकी रक्षा नीति इन्डो प्यासिफिक स्ट्राटेजी कै एक अङ्ग भएकाेले यसलाई कुनैपनि हालतमा संसदबाट पास गर्न नहुने बताएका छन् । 

हार्दिक शुभकामना !

शनिबार नेकपा क्रान्तिकारी माओवादी नवलपुरका जिल्ला स्तरीय कार्यकर्तालाई प्रशिक्षण कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।

गजुरेलले भने – इन्डो प्यासिफिक नेपालको हित अनुकुल छैन । अमेरिकाको नेपालमा शैन्य अखडा खडा गर्ने र नेपाललाई रणभूमि बनाउनका लागि इन्डो प्यासिफिक आएको हो । नेपालका कुनै पनि हालतमा पास गर्नु हुँदैन ।एमसीसी लागू भए त्यसले नेपाल एउटा रणभूमिमा परिणत हुने बताए ।

प्रशिक्षणमा नेकपा क्रान्तिकारी माओवादीका पोलिटव्युरो सदस्य एवम् प्रदेश ४ का इन्चार्ज अलट, प्रदेश सेक्रेटरी किशाेर लगायतले प्रशिक्षण दिएका थिए ।

कार्यक्रम जिल्ला सेक्रेटरी उत्तमको अध्यक्षतामा भएको थियो ।

त्यसैगरी शनिबार भएको जिल्ला कमिटिको वैठकले नेकपा क्रान्तिकारी माओवादीको इलाका इन्चार्जहरुको जिम्मेवारी हेरफेर गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर