उठ्याे राष्ट्रिय स्वाधीनता, जाग्याे स्वाभिमान

प्रकाशित मिति : २०७६ पुस १३

- उज्वल

उठ्याे राष्ट्रिय स्वाधीनता, जाग्याे स्वाभिमान
उठ्दैछ प्रतिराेधकाे ज्वारभाटा, त्यागाै अभिमान
नेता, कवि, कलाकार, सबै सर्जक पत्रकार
पार्नैपर्छ राष्ट्रिय स्वाधीनताकाे सपना साकार
लखेट्नैपर्छ कालापानीबाट अब भारतीय सेना
अाफ्नाे सीमा बचाउन खटाऊ अब नेपाली सेना

लिम्पियाधुरा सिमानामा नेपाली झण्डा गाडाैं
विस्तारवादका विरुद्ध हामी एकजुट भई लडाैं
हराएका जंगेपिल्लर खाेज्न सीमा नाका जाअाैं
सिमानाका पीडित जनतासँग गहिराे माया लाअाैं
चिनाै अब राष्ट्रघाती दलालहरु, फलामे माेर्चा कसाैं
देशद्राेहीलाई लखेट्नैपर्छ, चुप लागि अब न बसाैं

भारतीय विस्तरवाद- मुर्दावादकाे विश्वभर नारा लगाई
बचाउनु छ नेपाली सार्वभाैमिकता विस्तारवादलाई भगाई
बेइमान, दुष्ट पर्याे छिमेकी, सँधै हाम्लाई हेप्न चेप्न खाेज्ने
दलाली कि स्वाभिमान ? आयाे बेला हामी सबले राेज्ने
अति भए हुन्छ खति, टिस्टा र कांगडामा झण्डा गाडिन्छ
सुगाैली सन्धि ज्युँदैछ, जागे हामी, सीमा पिल्लर ठडिन्छ

गाउँ नगर बस्तीबाट उठाै, मिचिएकाे भूमि खाेज्दै उठाैं
वीर पूर्खाकाे रगतले सिञ्चिएकाे भूमि बचाउनलाई जुटाैं
अहिले नजागे कहिले जाग्ने ? यस्ताे माैका फेरि अाउँदैन
एकजुट भई हामी नलडे, मिचिएकाे भूमि फिर्ता पाउँदैन