विश्वव्यापीकरणको चरणमा, खासगरी सोभियत संघ र पूर्वी युरोपमा कम्युनिस्ट सत्ताहरूको विघटनपछि, एनजीओहरूले विश्वव्यापीकरण र उदारवादीकरणको खराव असरलाई न्यूनीकरण गर्ने उनीहरूको प्रमुख कामका रूपमा जिम्मा लिए । तिनीहरूले विश्वव्यापीकरणको विरोध त गरेका छैनन तर संयुक्त राष्ट्र संघका कर्मचारीहरूले यसलाई भनेझै ‘सहभागिमूलक विश्वव्यापीकरण’ अथवा जनतालाई संलग्न गरेर यसलाई कार्यान्वयन गर्न चाहन्छन । तिनीहरूले मानव अनुहार, टिकाउ विकास र अन्यसित विश्वव्यापीकरणका लागि अभियान चलाउछन । तिनीहरूले जनताको बीचमा भ्रमको निर्माण गर्दछन कि बिश्व बैंक, आइएमएफ, डब्लुटिओ, एडिबी र अरूहरूजस्तै साम्राज्यवादी संस्थाहरूलाई सुधार गर्न सम्भव छ । यसरी तिनीहरूले साम्राज्यवादका विरूद्ध जनसमूहको क्रोधलाई कम पादै लैजाने कोशिस गर्दछन र उनीहरूलाई सुधारवादी विचारधारातिर मोडी दिन्छन ।

हार्दिक शुभकामना !

यी एनजीओहरू जसलाई हामी जनमैत्री छन भन्ने सोंच्दछौ, लोकपृय असन्तुस्टीलाई संवैधानिक माग, शान्तिपूर्ण र कसैलाई नोक्सानी नगर्ने तरिकाले ‘सुरक्षित निकास’का रूपमा काम गरेर त्यससंगै मिलाउने काम गर्दछन् । तिनीहरूले उत्पीडित जनतालाई विभिन्न शाखामा विभाजित गर्न खोज्दछन र पहिचानले त्यसकारण वर्गीय एकताको विकासलाई रोक्छ । तिनीहरूले वर्गीय विभाजनलाई मेटाउन र अध्यारो पार्न खो्ज्दछन र सामाजिक समूहहरूभित्र फरक गर्न खोज्छन । तिनीहरूले पहिचानको आधारमा मात्रै जस्तै लिंग, महिला, जात, जाति, र राष्ट्रियताका आधारमा उत्पीडत र उत्पीडक बिचमा एकता गरेर अझ वर्ग विभाजन मेटाउन चाहन्छन र सामाजिक समूहहरूभित्र विभेद गर्न खोज्छन र वास्तवमा, एनजीओहरूले उत्पीडीतहरूको बिचमा गलत विश्वास मनमा पारिदिन कोशिस गर्छन कि पु“जीवादको विकल्प छैन र पुजीवादले अन्तीम बिजय पाइसकेकोछ । तिनीहरूले घोषणा गर्छन कि माक्र्सवाद समय सिद्धिएको एउटा औषधी जस्तै भइसकेकोछ र साम्यवाद मरिसकेको छ, र त्यसैले जो कोहीले पनि नागरिक समाजको लोकतान्त्रिकरणद्धारा र मानव अनुहारलाई हसिलो बनाउने विश्वव्यापीकरणद्धारा वर्तमान विश्वमा सुधार गर्ने कोशिस गर्नु पर्छ । तिनीहरूले एउटा राज्य विरूद्धको कदम लिन्छन जुन बाहिरी रूपले प्रगतिशील बृतमा आकर्षक देखिन्छन । यद्यपि, स–सानो स्तरमा नीजीकरणलाई पुरा गर्ने कोशिस गर्छन, जवकि उनीहरूका मालिकहरूले ठूलो स्तरमा गर्छन । यसरी, जव अन्तराष्ट्रिय पु“जी अर्थतन्त्रको नियमन गर्नमा राज्यको भूमिका कठोर बन्दछ र बजारले राज्यको हस्तक्षेप विना(वास्तविकतामा यो कति गलत छ भन्ने वेग्लै हो ) स्वतन्त्रता पूर्वक कामगर्न चाहन्छ । एनजीओहरूले सेल्फ हेल्प, पारस्परिक सहयोग,सामुदायिक बिकास र अरूहरूको बारेमा कुरा गर्दछन् । राज्य यसरी जागिर, सिंचाई, स्यानीटेसन, सफा खानेपानी, स्वाथ्य हेरचाहा, शिक्षा प्रदान गर्नेआदिजस्ता जनताका सामाजिक उत्तरदायित्वबाट उन्मुक्त भएपछि ,यसको सञ्चालन एनजीओको सहयोगको नामबाट व्यक्तिहरू र निजी समूहहरूका हातमा राखिन्छ ।

यसरी एनजीओहरूले नीजीकरणको सन्दर्भमा साम्राज्यवादसित साझा सवाल बनाउछन । र तिनीहरूले ग्रामीण क्षेत्रहरू र सहरीया फोहर र दुर्गन्धीत वस्तीहरू खासगरी गरीवीले सताइएका जनताका बिचमा ध्यान केन्द्रीत गर्दछन् । उनीहरूको तथाकथित च्यारिटेबुल काम र बिकास योजनाहरूका लागि यस्ता पिछडिएका क्षेत्रहरूलाई प्राथमिकता दिन्छन । यद्यपि यसो गरेर उनीहरूले पिछडिएका जनताहरूको क्रोधलाई प्रभावहीन गर्ने कोशिस गर्दछन् । तिनीहरूले दलीय सक्रियता नभएकाको कुरा गरेर जनताहरूलाई अराजनीतिक बनाउन खोज्छन । तिनीहरूले दावा गर्छन कि तिनीहरू अराजनीतिक छन् र जनताहरूलाई सबै राजनीतिक दलहरूदेखि टाडा रहन आव्हान गर्दछन्, कि तिनीहरूले आफै तिनीहरूका समस्याहरूको समाधान सेल्फ हेल्प, आपसी सहयोगआदिमार्फत समाधान गर्नु पर्छ । यसरी, यस्ता एउटा भद्र अराजनीतिक रणनीतिको वोकालत गरेर एनजीओहरूले वास्तवमा यथास्थितिलाई नै संरक्षण गर्छन र जनतामाथि शासकवर्गको विचारको प्रभाव र राजनीतिलाई जोगाएर राख्न चाहन्छन् । तिनीहरूले आफैलाई राजनीतिक दलहरूको विकल्पको रूपमा देखाउछन् र गरीबहरूको मित्रको रूपमा आफूहरूलाई देखाएर क्रान्तिकारी पार्टीहरूलाई विस्थापित गर्ने कोशिस गर्दछन् ।

तिनीहरूले संघर्षको मार्गबाट अर्कैतर्फ मोडिदिएर, स्थापना र सुधारवादभित्र सबैभन्दा राम्रालाई टिपेर जनतालाई परिचालन गर्नबाट रोक्न खोज्छन । पुजीको सन्दर्भमा तिनीहरू एउटा प्रगतिशीलतालाई र कट्टरपन्थी अनुहार कायम गर्दै वाम बुद्धिजीवीहरूमाथि अत्यधिक मात्रामा निर्भर रहन सफल देखिन्छन । उनीहरूको वितरणमा रहेको विशाल आर्थिक स्रोतलाई एनजीओहरूले वाम बुद्धिजीवीहरूलाई सेमिनारहरू, कार्यशाला गोष्ठिहरू, कनफरेन्सहरूमा सहभागि गराएर र उनीहरूलाई परियोजनाहरूमा सहभागी गराएर र अनुसन्धान र नीति सम्वन्धी इन्स्टिच्युटमा सहभागी गराएर आकर्षण गर्न र टप्प टिप्न सफल भएका छन् । साम्राज्यवादी पुजीद्धारा विश्वभरी सयौको संख्यामा परियोजनाहरू र इन्स्टिच्युटहरू स्थापना गरिएका छन्, जसले साम्राज्यवादीहरूको आवश्यकताअनुसार यिनीहरूको उत्पादन गर्दछन् । आफूहरूलाई यी परियोजनाहरूमा सम्वन्धीत गराएर बुद्धिजीवीहरूले उनीहरूलाई गुन लगाउने काम गर्दछन् र जनताको बिचमा भ्रम सृजना गर्दछन् ।

एन्जीओहरूले जनताका विचारहरूलाई परिवर्तन गर्न ्, विचार निर्माण गर्न र पु“जीवादी शोषणको स्थायीत्वका लागि आवश्यक पर्ने भ्रमहरू र विचार निर्माण गर्न एउटा माध्यमको रूपमा काम गर्दछन । तिनीहरूले यसरी जनताका विचारहरूमा प्रभाव पार्न सक्छन् कि राज्य र शासक वर्गीय पार्टीहरू प्रत्यक्ष रूपले सक्दैनन । आफूहरूलाई स्वार्थरहित लोककल्याणकारीका रूपमा प्रस्तुत गर्ने कोशिस गरेर र जनताको भलाइमा प्रतिवद्ध देखाएर, तिनीहरूले जनताको सहानुभूति जित्न खोज्दछन । तिनीहरूको कट्टरपन्थी, साम्राज्यवाद विरोधी रेटोरिक र विकासवारेका कुरा, आधुनिकिकरण, र ग्रासरूट लोकतन्त्र, नागरिक समाजको लोकतान्त्रिकरण, सामाजिक न्याय, मानवीयता र मानव अधिकार, शसक्तिकरण र अन्यले प्रगतिशील र केही क्रान्तिकारी क्षेत्रहरूलाई धोखा दिन सक्छन । यसरी तिनीहरूले जनसमुदायको बीचमा वैचारिक रहष्यमणीकरण निर्माण गर्ने र्गछन् र साम्राज्यवादी पु“जीद्धारा सजिलो लुटमारका लागि मार्ग बनाइदिन्छन् ।
केही मानिसले जोड दिन्छन कि तिनीहरूले एशीया, अफ्रिका र लेटिन अमेरिकी देशहरूको उपनिवेशिकरणका लागि अन्तराष्ट्रिय पु“जीको हतियारको रूपमा काम गर्दछन । तिनीहरूले यी देशहरूभित्र साम्राज्यवादी पु“जीको घुसपेठका लागि जमिन तयार पार्दछन् र बजारको विस्तार र पु“जीको सजिलो कार्यका लागि वातावरण निर्माण गर्दछन् । उनीहरूको कामका लागि सबैभन्दा पिछडिएको क्षेत्रहरूको छनोट गरेर एनजीओहरूले सामुदायीक बिकासको नाममा, सेल्फ हेल्प समूहहरू प्रवर्धन गर्ने नाममा ती क्षेत्रहरूमा बजार सम्वन्धलाई लागुगर्ने र सक्रियतापूर्वक साम्राज्यवादी समर्थित बिकासका योजनाहरूलाई प्रवर्धन गर्ने मामलामा सफलता प्राप्त गरेका छन् । । तिनीहरू विश्वका सबैजसो देशहरूमा खासगरी पिछडीएका आदिवासी क्षेत्रहरूमा तथाकथित बिकास परियोजनाहरूमा सक्रियातापूर्व संलग्न भएर काम गरेका छन् ।

उत्तर आधुनिकतावादीहरू, जसले सामूहिकभन्दा व्यक्तिगतमा ज्यादा विश्वास गर्दछन, पहिचान जस्तै लिंग, जात,जाति र राष्ट्रिय अस्तित्वका वारेमा कुरा गछर्न र वर्गीय एकताको अवधारणालाई इन्कार गर्दछन । एनजीओहरू साम्राज्यवादका निम्ति क्षेमाप्रार्थी हुन, जसले आफूलाई आकर्षक भाषामा छिपाएर राख्दछन् । तिनीहरूले जनताको दर्दनाक गरीबीमा व्यापार गर्दछन् र साम्राज्यवादी दात्री निकायहरू अथवा व्यक्तिबाट तेस्रो विश्वका गरीबीले सताइएकालाई देखाएर आर्थिक सहयोग खोज्दछन् । परजीवीजस्तै तिनीहरू पिछडिएका महिलाहरू, केटाकेटी र अपाङग जनताको नाममा, विकासको नाममा, सशक्तिकरणको नाममा र अरू धेरैको नाममा प्राप्त आर्थिक सहयोगमा आफू बा“च्दछन् ।

तिनीहरूले तेस्रो विश्वका देशहरूभित्र साम्राज्यवादी राजधानीको घुसपेठलाई न्यायोचित वताउदै साम्राज्यवादका लागि वैचारिक खुराक दिनेवालाका रूपमा सेवा दिन्छन र ती देशहरूका अर्थतन्त्रमाथि साम्राज्यवादको बलियो पकडलाई प्रोत्साहन गर्दछन । त्यसैले साम्राज्यवादीहरू, तिनीहरू जुकाजस्तै स्वार्थी हुन्छन, यस्ता सङ्गठनहरूलाई पालान पोषण गर्न ठुलो धन राशी पोख्दछन । फोर्ड फाउन्डेसन, रकफेलर फाउन्डेसन, कार्नेजी फाउन्डेसन, हेनरिक बोल फाउन्डेसन र यस्ता अनेको सम्राज्यवादी संस्थाहरूले यी एनजीओहरूलाई टिकाइराख्न प्रत्येक वर्ष अरवौ रूपीया“को खोलो बगाउ“छन ।

तिनीहरूले इन्स्टिच्युट, अध्ययन केन्द्रआदि प्रत्येक खालका परियोजनाहरूलाई आर्थिक सहयोग प्रदान गर्छन । उदाहरणका लागि फोर्ड फाउन्डेसनले १९३६मा यसको स्थापनादेखि अहिलेसम्म १० बिलियन डलर्स विश्वका विभिन्न देशहरूमा अनगिन्ति संस्थाहरू र परियोजनाहरूका लागि आर्थिक सहयोग प्रदान गरेको छ । उक्त फाउन्डेसनले १९३६देखि अहिलेसम्म विभिन्न अनुसन्धानमा काम गर्ने विद्धानहरू र बुद्धिजीवीहरूलाई साम्राज्यवादीहरूका लागि सान्दर्भिक विषयमा अध्ययन गर्न सहयोग दिंदै आएको छ ।

गैर नाफामूलक संस्था भएकाले, यी एनजीओहरूले वास्तवमा साम्राज्यवादीका लागि फाइदा बढाउनका निम्ति काम गर्दछन् । यी भेष बदलेका साम्राज्यवादी दलालहरू र तिनका हीतमा काम गर्नेहरूका विरूद्धको लगातारको र नथाक्ने संघर्ष बीना क्रान्तिकारीहरूले सुधारवाद र संवैधानिक भ्रमबाट जनतालाई बाहिर ल्याउन सक्दैनन । यी प्रतिको सजगताको कमिले क्रान्तिकारी पार्टीहरू र क्रान्तिकारी आन्दोलनहरू कमजोर बनाउदै लैजानेछ जुन लेटिन अमेरिकी देशहरूमा भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर