देजमाे नवलपरासीले सुरु गर्याे महेशपुर–सुस्ता जागरण अभियान

प्रकाशित मिति : २०७६ मंसिर २०

- रवि पाण्डेय

नवलपरासी १९ मंसिर – देशभक्त जनगणतान्त्रिक मोर्चा – नेपाल जिल्ला समिति पश्चिम नवलपरासीले भारतले गरेका सिमा अतिक्रमण बिरुद्ध जिल्लाका महेशपुर – सुस्ता जागरण अभियान संचालन गरेको छ । जिल्लाको सिमावर्ती महेशपुरबजारबाट शुरु मंगलवार शुरु अभियान विहीवार सुस्ता गाउपालिकाको कुडियामा समापन गरिएको थियो । नेकपा (क्रान्तिकारी माओवादी ) सम्बद्ध सो मोर्चाले भारतले लिम्पियाधुरा कालापानी , लिपुलेक र सुस्ता लगायतका स्थानमा गरेको अतिक्रमणको बिरुद्ध र राष्ट्रिय स्वाधीनताको पक्षमा प्रर्दशन एंव कोणसभा गरेको हो ।


विहीवार जिल्लाको ४ स्थानमा प्रर्दशन भएको मोर्चाले जनाएको छ । जसअन्तरगत बर्दघाटको त्रिवेणीचोक , गोपीगंज, बेलाटारी र सुस्ता गाउपालिकाको कुडियामा कोणसभा गरिएको थियो ।


भारतीय विस्तारवाद मुर्दावाद, लिम्यिपाधुरा लिपुलेक र कालापानी हाम्रो हो, भारतीय सेना कालापानी छोड जस्ता नारा लगाउदै प्रर्दशन गरिएको थियो ।
कोणसभामा क्रान्तिकारी माओवादीका प्रदेश सदस्य तथा जिल्ला सचिव छविलाल खरेल, रवि पाण्डेय जिल्ला सचिवालय सदस्य चुडामणी भण्डारी दुर्गा नारायण थारु लगायतले बोल्दै सरकारले भारतीयले सिमा मिच्दाँ टुलुटुल हेरेर बसेको बताए ।
कार्यक्रममा क्रान्तिकारी माओवादीका बिभिन्न जनबर्गीय संगठनका नेता कार्यकर्ता सहभागी थिए । कार्यक्रमलाई स्थनीयवासी ऐक्यबद्धता जनाएका थिए ।
यस अघि मोर्चाले जिल्लाको सिमावर्ती बजार महेशपुर , सदरमुकाम परासी, सुनवल बजार र भुमहीचोकमा प्रर्दशन तथा कोणसभा गरेको थियो ।