सुर्खेत । नेकपा (क्रान्तिकारी) माओवादी निकट देशभक्त जनगणतान्त्रिक मोर्चा नेपालका केन्द्रिय सचिवालय सदस्य चक्रपाणि शर्माले कालापानी, लिम्पियाधुरा, लिपुलेक मिचिदा ठोस कदम चाल्न नसक्ने सरकारले लोकतान्त्रिक गणतन्त्रमा प्राप्ती अधिकारलाई निमोठ्दै दमनमा उत्रिएको बताए ।

कर्णाली प्रदेशको राजधानी सुर्खेतमा बिहीबार आयोजित पत्रकार सम्मेलनमा नेता शर्माले भारतले सीमा मिच्दा मौन रहने सरकार क्रान्तिकारी योद्दाहरुले उप–निर्वाचन बहिष्कार र सिमा अतिक्रमणको आवाज उठाउँदा दमनमा उत्रिएको बताए ।
उनले जनतन्त्र जनजीविका साथै कालापानीमा भइरहेको विस्तारवाद तथा मंसिर १४ गते सम्पन्न उप–र्निर्वाचन बहिष्कारका क्रममा सल्यानको कुमाख गाउँपालिका–५ मा पक्राउ परेका नेता चक्रपाणि शर्माले आफु सहित नेता दिपक बहादुर शाही रअन्य दुइजना पक्राउ परेको विषयमा देजमो कर्णली प्रदेशद्वारा आयोजित पत्रकार सम्मेलनमा यस्तो बताएका हुन ।
शर्माले भ्रष्टाचार सु–सासन, विकृति, विसंगति विरुद्द अभियान सञ्चालन गर्न, आन्दोलन गर्न पाउने जनताको अधिकारलाई सरकारले कुण्ठित गरेको बताउँदै भने ‘सरकारले कम्युनिष्टको खोल ओडेर जनता र राजनीतिक पार्टीको लोकतान्त्रिक अधिकारहरुलाई अराजनीतिक रुपमा कुण्ठित गर्दै फाँसीवादी चरित्र देखाउँदै गएकोले नेपालमा नयाँ किसिमको द्वन्द्व सिर्जना हुने कुरामा दुइमत छैन ।’
उनले बर्तमान सरकार इतिहासकै आलोचक सरकार भएको भन्दै सल्यान प्रहरीले गरेको राणाकालिन प्रहरीको अराजकता र अभद्र व्यवहारको भत्र्सना गरे ।
प्रहरीले पार्टीका कर्णाली प्रदेश इन्चार्ज सुर्खेत घर भएका ६० वर्षीय चक्रपाणी शर्मा, दैलेख घर भएका केन्द्रीय सदस्य ४० वर्षीय दिपक शाही, जिल्ला सचिव सल्यानको कुमाख गाउपालिका ५ घर भएका ६८ वर्षीय चक्र बहादुर शाह र जिल्ला सदस्य कुमाख गाउपालिका ७ घर भएका ३८ वर्षीय हिरालाल गोसाईलाई पक्राउ गरेको थियो ।