क्रान्तिकारी माओवादी प्रदेश ४ काे सम्मेलन सम्पन्न, किशाेरकाे नेतृत्वमा २५ सदस्सीय कमिटि निर्वाचित

क्रान्तिकारी माओवादी प्रदेश ४ काे सम्मेलन सम्पन्न, किशाेरकाे नेतृत्वमा २५ सदस्सीय कमिटि निर्वाचित

पोखरा । पार्टी पीवीएम किशाेरकाे नेतृत्वमा २५ सदस्यीय नयाँ कमिटि गठन गर्दै नेकपा क्रान्तिकारी माओवादी प्रदेश ४ को प्रदेश सम्मेलन विहीबार सकिएको छ । निर्वाचित कमिटिकाे पहिलाे बैठकले किशाेरलाई प्रदेश सेक्रेटरीमा चयन गरेकाे हाे । सम्मेलनले वैकल्पिक प्रदेश समिति सदस्यमा ९ जनालाई निर्वाचित गरेेेेेकाेे छ ।
सम्मेलनको समापन कार्यक्रममा बोल्दै नेकपा क्रान्तिकारी माओवादीका स्थायी कमिटि सदस्य एवम् देजमो नेपालका अध्यक्ष सिपी गजुरेलले अहिलेकै गतिमा क्रान्ति सफल नुहने भएकोले क्रान्ति सफल पार्नका लागि कार्यकर्ताहरुलाई सोही ढंगले आफ्नो जिम्मेवारीपूर्वक काम गर्न निर्देशन दिए ।
कार्यक्रममा नवगठित समितिका प्रदेश सेक्रेटरी केशबहादुर परियारले प्रदेश ४ मा पार्टीलाई नयाँ उचाईमा लैजानका लागि आफू र नवगठित कमितिको तर्फबाट प्रतिबद्धता गरेका थिए ।
बुधबारदेखि पोखरामा शुरु भएको प्रदेश सम्मेलनको बन्द शत्र प्रदेश ४ का इन्चार्ज अटलकाे अध्यक्षतामा भएको थियो ।
विहीबारको बन्द सत्रमा प्रदेश इन्चार्ज अटलले प्रस्तुत गरेकाे प्रतिवेदनमाथि छलफलपछि पास गरिएको थियो भने जिल्ला सेक्रेटरीहरुले जिल्लाको संगठनात्मक स्थितिको रिपोटिङ्ग गरेका थिए ।