धनगढी । नेकपा (क्रान्तिकारी माओवादी) सुदूरपश्चिम प्रदेशको सम्मेलन सम्पन्न भएको छ । धनगढीको चौराह होटल पिसमा सम्पन्न सम्मेलनले चिन्तकलाई प्रदेश सेक्रेटरीमा निर्वाचित गरेको छ ।

सम्मेलनले चिन्तकको नेतृत्वमा २५ सदस्यीय प्रदेश कमिटि निर्वाचित गरेको हो ।
उक्त प्रदेश कमिटिका सदस्यहरुमा बिक्रान्त, लालकिरण, शितल, शितल, धरातल, ज्वाला, प्रतिभा, प्रतिथा, रमेश, कैलाश, किशोर, सौरभ, जयलाल, ज्वाला, पवन, सुरविर लगायत रहेका छन् ।

हार्दिक शुभकामना !


पार्टीका स्थायी समिति सदस्य राजवीरको प्रमुख आतिथ्यतामा सम्पन्न सम्मेलनको अध्यक्षता इन्चार्ज अनुकूलले गरेका थिए ।


पार्टीका कैलाली इन्चार्ज डायमण्डले सञ्चालन गरेको सम्मेलनमा पार्टी केसहरु विक्रान्त र लालकिरणको समेत अतिथिको रुपमा उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर