विस्तारवादका विरुद्ध निस्किए सडकमा देशभक्त क्रान्तिकारीहरु, सीमा अतिक्रमणको विरोधमा देजमोको विशाल ¥याली र विरोध सभा (फोटोफिचर)

प्रकाशित मिति : २०७६ मंसिर ४

काठमाडौं । भारतीय विस्तारवादी अतिक्रमणका विरुद्ध काठमाडौंमा देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपालले विशाल ¥याली निकालेको छ । रत्नपार्क शान्तिबाटिकाबाट सुरु भएको ¥याली बागबजार, पुतलीसडक, पद्मोदयमोड, भद्रकाली, सुन्धरा, सहिदगेट, एनएसी, वीरअस्पताल हुँदै रत्नपार्कमा पुगेर विरोधसभामा परिणत भएको छ । विरोधसभालाई मोर्चाका केन्द्रीय अध्यक्ष सीपी गजुरेलले सम्बोधन गर्नुभएको छ ।


मोर्चाको केन्द्रीय कार्यालयको आयाजनामा निकालिएको विरोध ¥याली र सभामा देशभक्त क्रान्तिकारीहरुको ठूलो मात्रामा सहभागिता रहेको छ । विरोधसभाको सञ्चालन मोर्चाका केन्द्रीय कार्यालय सदस्य तथा ३ नंं. प्रदेशका संयोजक पवनमान श्रेष्ठले गर्नुभएको छ ।

विरोधसभामा बोल्दै क्रान्तिकारी युवा लिगका अध्यक्ष अमीर महर्जन, अखिल नेपाल महिला संघ (क्रान्तिकारी)की महासचिव शारदा महत, अनेरास्ववियू (क्रान्तिकारी)का अध्यक्ष हरिकृष्ण गजुरेल, अखिल नेपाल क्रान्तिकारी ट्रेड यूनियन महासंघका सचिवालय सदस्य अर्जुनलाल श्रेष्ठ लगायतका नेताहरुले समेत भारतीय विस्तारवादी हस्तक्षेपको चर्को विरोध गरेका थिए ।

विरोध ¥यालीमा अतिक्रमित नेपाली भूमि फिर्ता गर, भारतीय विस्तारवाद मूर्दावाद, दलाल ओली सरकार मूर्दावाद, नयाँ जनवादी क्रान्ति जिन्दावाद लगायत भारतीय विस्तारवादका विरुद्ध चर्को नाराबाजी गरिएको थियो ।